Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

अनिश्चितकालका लागि स्थगित भयो उद्योग वाणिज्य महासंघको चुनाव

८ साउन,   खबरमञ्च,   at 6:05 PM

By   /  July 23, 2020  /  Comments Off on अनिश्चितकालका लागि स्थगित भयो उद्योग वाणिज्य महासंघको चुनाव

    Print       Email

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ।

सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने भनेकाले महासंघले पनि आफ्नो ५४ औँ वार्षिक साधारणसभा सारेको हो ।

महासंघका पूर्वअध्यक्षहरुसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने निर्णय भएको निवर्तमान अध्यक्ष पशुपती मुरारकाले जानकारी दिए ।

सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नदिने भनेकाले साउन २६ र २७ गतेका लागि तोकिएको साधारण सभा पछि सार्नु परेको उनले बताए ।

गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको थियो ।

पछिल्लोपटक महासंघको कार्यकारिणी समिति बैठकले साउन २६ र २७ गते राजधानीमा गर्ने निर्णय गरेको थियो ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनको मुल्य तोलाको ६ हजार २ सय रुपैयाँले घट्यो

Read More →