Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

अनसन बसेको २३औं दिनमा डा.केसीलाई भेट्न अस्पताल पुगे शिक्षासचिव

२० असाेज,    at 3:29 PM

By   /  October 6, 2020  /  Comments Off on अनसन बसेको २३औं दिनमा डा.केसीलाई भेट्न अस्पताल पुगे शिक्षासचिव

    Print       Email

 

काठमाडौ‌ं । शिक्षासचिव गोपीनाथ मैनालीले त्रिवि शिक्षण अस्पताल पुगेर डा गोविन्द केसीसँग भेट गरेका छन् ।

केसी अनसनमा बसेको २३औं दिनमा सरकारका तर्फबाट शिक्षासचिव मैनालीसहितको तीन सदस्यीय टोली शिक्षण अस्पताल पुगेको हो ।

चिकित्सा शिक्षा सुधारको मागसहित विभिन्न माग राखेर अनसनमा बसेका केसीको मागप्रति सरकार उदाधिसन बनेको आरोप लागिरहेका बेला शिक्षासचिव सरकार भेट्न पुगेका हुन् । यद्दपी शिक्षासचिव मैनालीले माग पूरा गर्ने सम्बन्धमा कुनै वार्ता टोली नबनेको जानकारी दिए ।

तर कोरोनाका कारण अवस्था असहज बनेको भन्दै केसीलाई अनसन तोड्न भने आग्रह गरेको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले बताए । तर केसीले वार्ता टोलि नबनाएसम्म कुनै कुरा नगर्ने अडान राखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दशैंमा मुटु रोगीले के खाने, के नखाने ?

Read More →