Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

अनलाइन कक्षा बन्द गर्ने निर्णय सच्याउन शिक्षकहरूको तीन दिने अल्टिमेटम

१ साउन,   खबरमञ्च,   at 8:02 PM

By   /  July 16, 2020  /  Comments Off on अनलाइन कक्षा बन्द गर्ने निर्णय सच्याउन शिक्षकहरूको तीन दिने अल्टिमेटम

    Print       Email

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरू अनलाइन कक्षा बन्द गर्ने तथा शिक्षकहरू बेतलबी घर विदामा राख्ने निर्णय सच्याउन माग गर्दै निजी विद्यालयका शिक्षकहरूले तीन दिनको अल्टिमेटम दिएका छन्।

अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई अल्टिमेटम दिएको हो।

शिक्षकहरूले उक्त निर्णयलाई दादागिरीको संज्ञा दिएका छन्।

संस्थागत विद्यालय शिक्षक युनियनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लकडाउनका कारण सिर्जित समस्यालाई लिएर शिक्षक महासंघ, अभिभावक संघ, प्याब्सन, एनप्याब्सन र यस युनियनका बीचमा गम्भीर छलफल र आपसी सहकार्य भइरहेको अवस्थामा जारी अनलाइन कक्षा बन्द गर्दै शिक्षक कर्मचारीलाई बेतलबी घर विदा दिने प्याब्सन र एनप्याब्सनको दादागिरी शैलीको एकलौटी निर्णयले हामी स्तब्ध भएका छौं।’

निजी विद्यालयका सञ्चालकहरूको उक्त निर्णय आत्मघाती हुने चेतावनी पनि युनियनले दिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाली सेनाका थप २९ जनामा कोरोना संक्रमण

Read More →