Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

अत्यास लाग्दो कोरोना ग्राफः एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

३० पुस,   खबरमञ्च,   at 5:49 PM

By   /  January 14, 2022  /  Comments Off on अत्यास लाग्दो कोरोना ग्राफः एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

    Print       Email

काठमाडौँ। पछिल्लो २४  घण्टामा पाँच हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार २०४ जनामा र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →