Loading...
You are here:  Home  >  समाज  >  Current Article

अछाम पहिरो अपडेटः मृत्यु हुनेको संख्या १२ पुग्यो

१ असोज,   खबरमञ्च,   at 12:21 PM

By   /  September 17, 2022  /  Comments Off on अछाम पहिरो अपडेटः मृत्यु हुनेको संख्या १२ पुग्यो

    Print       Email

काठमाडौं । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २, ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् । घाइते सबैको उद्धार भैसकेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दसैँ अवधिभर सर्वोच्च अदालत ४ घण्टा खुल्ने

Read More →