Loading...
You are here:  Home  >  समाज  >  Current Article

अछाममा पहिरोः ज्यान गुमाउनेको संख्या २२ पुग्यो

१ असोज,   खबरमञ्च,   at 5:26 PM

By   /  September 17, 2022  /  Comments Off on अछाममा पहिरोः ज्यान गुमाउनेको संख्या २२ पुग्यो

    Print       Email

अछाम । अछाममा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो ।

सबैको सनाखत समेत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए ।

प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षिया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ बर्षिय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरि, कमलबजार नगरपालिका ६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ बर्षिय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी, १२ वर्षीय सिरु कामको ज्यान गएको छ ।

यसैगरि कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकैघरका २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डाँगीले जानकारी दिए ।

पहिरोमा परि घाइते हुनेमा ढकारी गाउँपालिका ६ बस्ने ६२ वर्षीय हर्क वुढा, २१ वर्षीय चन्द्र देवी बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय इन्द्रसिंह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय शुसिल कामी, २ वर्षीय सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ वर्षीय खटी दमाई रहेका उनले जानकारी दिए ।

पहिरोमा परि बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दसैँ अवधिभर सर्वोच्च अदालत ४ घण्टा खुल्ने

Read More →