Loading...
You are here:  Home  >  समाज  >  Current Article

अग्रज पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन

२५ साउन,   खबरमञ्च,   at 8:09 PM

By   /  August 9, 2020  /  Comments Off on अग्रज पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन

    Print       Email

विर्तामोड । अग्रज पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ।

लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको आइतबार साँझ मेचीनगर १० धुलाबारीस्थित निवासमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी अस्पताल भर्ना गरिएको थियो।

अस्पतालबाट आइतबार घर पुर्याएको केही घण्टमामै उनको निधन भएको थियो।

रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै थिए। उहाँका थुर्पै साहित्यिक रचना प्रकाशित छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हप्तामा २ दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै

Read More →