Loading...
You are here:  Home  >  छापामा  >  Current Article

अख्तियारले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने

१५ फागुन,   खबरमञ्च,   at 7:31 AM

By   /  February 27, 2021  /  Comments Off on अख्तियारले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने

    Print       Email

काठमाडौं । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।

आयोगले काठमाडौँस्थित केन्द्रीय कार्यालय परिसर र अन्य छ ठाउँमा प्राविधिक परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याउन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भौतिक पूर्वाधार निर्माणबारे प्रश्न उठाउँदै परेका उजुरीहरूको अनुसन्धानका क्रममा सम्बन्धित पूर्वाधारको परीक्षण गर्नुपर्ने भएकाले आयोगले आफ्नै  प्राविधिक  प्रयोगशाला  सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

उनका अनुसान,  काठमाडौँस्थित  आयोगको  केन्द्रीय कार्यालय   परिसरसहित   अयोगका   अन्य छवटा  कार्यालय  इटहरी,  बर्दिबास,  हेटाँैडा, पोखरा,  नेपालगञ्ज,  कञ्चनपुरमा  निर्माण कार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नयाँ सरकार गठनका लागि कांग्रेसको गृहकार्य तीब्र, बन्लान् त देउवा प्रधानमन्त्री ?

Read More →