Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

२८ पुस,   खबरमञ्च,   at 5:53 PM

By   /  January 13, 2020  /  Comments Off on अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    Print       Email

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेकाे छ ।

सोमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले  आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। नेपालको संविधानको धारा २९४ अनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष  पेश गर्नुपर्ने प्रावधान छ ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले पछिल्लाे समय अख्तियारको काम कारवाही प्रशंसनीय रहेको भन्दै सुशासन स्थापनाका लागि भ्रष्टाचार नियन्‍त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →