Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

ब्लग: केही फरक सोच्ने कि ?

असार २,   एसपी उप्रेती,   at 8:25 AM

By   /  June 16, 2017  /  No Comments

    Print       Email

के फूलहरु सुन्दर हुन ? या तिनीहरुलाई हामीले सुन्दर बनाएका हौँ ? हामीले कैलै फूललाई काँडा भनेनौँ, किनकी यसले कैलै कसैलाई घोचेन, बिझाएन ।

त्यस्तै काँडालाई चाँहि हामीले फूल मान्नै सकेनौँ । किनकी काँडाले उसको बिझाउने धर्म छोडेन ।

हाम्रो जीवनमा पनि काँडाहरु बानी भए, सधैँ बिझाइरहने । हाम्रो बानीको रुपमा, सोचको रुपमा आदि इत्यादि । जिन्दगीको एउटा तितो सत्य, हाम्रो व्यवहारिकतामा हामीले फूलहरुलाई कैलै फूल भनेनौँ ।

फूलहरु कि त काँडा नै भए वा अपरिचित रहे । काँडाहरु नै हाम्रो जीवनको हरेक पाटोमा अजम्बरी रहे । काँडाहरुलाई कुनै दर्शनले बद्लेन ।

कुनै वादले पनि बद्लेन । न त भौतिकताले बदल्यो न अध्यात्मिकताले नै ? फूलको सङ्गतसँगै काँडाहरु आए कति यिनीहरु अनुभवी भएकाले फूलहरुलाई धुजा धुजा पारि कुरुप देखाइदिए ।

हामी त्यो रुपलाई काँडा ठान्न थाल्यौँ अनि काँडालाई फूल । हामीले जिन्दगीमा जानी जानी नै भूल गर्दै रह्यौँ । जसको परिणाम अस्तव्यस्त परीवार, समाज, देश र व्यक्तित्व बन्यो ।

Sp upreti

लेखकः एसपी उप्रेती

हामीले गल्ती सुधार्ने चेष्टा पनि गरेनौँ किनकी फूलरुपी घुम्टो ओडेका काँडाहरुले हामीलाई मख्ख बनाइरहे ।

अहँ खबरदार अब म ब्यूझन जरुरी छ । तपाई ब्यूझन जरुरी छ ।

कृत्रिम रुपमा सस्ता ढङ्गले तयार भएर खडा भएका फूलहरुमा हामी लम्पसार नपरौँ बरु प्राकृतिक फूलहरुबाट आएका बास्नालाई पछ्याऊँ ।

सयौँ युगहरु बिते काँडाहरुकै अधिनमा । गल्ती हाम्रो नै हैन र ? हामी काँडाको जति नजिक जान्छौ उति बिझाउँछ, घोच्छ । फूलको जति नजिक जान्छौँ हामीलाई बास्नादार बनाउँछ ।

पहिचान गरौँ र नयाँ युगको यात्रा सुरु गरौँ । हामी सबैको लागि विशेष अवसर बन्नेछ त्यो । याद राख्नुस् अब कदापि काँडाहरुलाई फूल ठान्ने चेष्टा नगरौँ आफैलाई घाइते बनाउन सक्छ ।

दुरदर्शिताको भरपुर प्रयोग गर्दै आउँदो पुस्तालाई हाम्रो प्रशंसा गर्ने आधारहरु प्रशस्तै छोडेर जाऊँ जसले उनीहरुलाई गौरवान्वित बनाओस् । एक फरक प्रयाससँगै जीवनको यात्रा सुरुवात गरौँ सबैलाई शुभकामना ।
(लेखक मोटिभेसनल स्पीकर हुन् ।)

    Print       Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You might also like...

Ekraj Giri

जनताको खबरसहित खबरदारीमा खबरमञ्च

Read More →