Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

मिस नेपाल श्रृंखला खतिवडा पुगिन मिस वर्ल्ड २०१८ काे फाइनलमा

१७ मंसिर,   खबरमञ्च,   at 9:06 PM

By   /  December 3, 2018  /  Comments Off on मिस नेपाल श्रृंखला खतिवडा पुगिन मिस वर्ल्ड २०१८ काे फाइनलमा

    Print       Email

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ काे फाइनलमा पुगेकी छिन् ।  चीनमा जारी प्रतियाेगितमा मल्टिमिडिया अवार्ड जित्दै उनी अन्तिम ३० मा स्थान बनाउन सफल भएकी हुन् ।

सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालका तर्फबाट भाग लिने प्रतियोगीले यो अवार्ड जितेको पहिलो पटक हो ।

बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितिन्

Read More →