Loading...
You are here:  Home  >  अन्तरवार्ता  >  Current Article

शान्ता चौधरीः कम्हलरीदेखि दोस्रो पटक संसद भवनसम्मको यात्रा

फागुन २७,   सृजना घिमिरे,   at 9:17 PM

By   /  March 10, 2018  /  Comments Off on शान्ता चौधरीः कम्हलरीदेखि दोस्रो पटक संसद भवनसम्मको यात्रा

    Print       Email

पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालको तर्फबाट समानुपातिक सभासद चुनिएकी थिइन्, शान्ता चौधरी ।

आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भइन् । समसामयिक राजनीतिक विषयमा उनले गरेको अर्थपूर्ण टिप्पणी सामाजिक सञ्जालहरूमा अधिक रुचाइएने गरिएको छ ।

शान्ता दोस्रो पटक संसद भवन प्रवेश गरेकी छन् । प्रतिनिधीसभा सदस्यमा समानुपातिक कोटामा यसपटक पनि पार्टीले उसलाई अटायो , या भनौं उनका अघिल्ला राम्रा कामले । उनै शान्तासंग दोस्रो पटकको संसद प्रवेश र भावी योजनाका विषयमा कुराकानी गरेका छौंं । चौधरीसंग गरिएको कुराकानीको सम्पादित अंशः

संविधानले निर्दिष्ट गरे अनुसार सपथ ग्रहणमा आफ्नो पहिचान बोकेर जातिय पोशाकमा आउँदा कस्तो लाग्दो रैछ ?

आफ्नो भेषभूषामा आफ्नो मौलिकता झल्किने कुरा त भयो नै । यसरी यो भेषभूषमा गरिमामय संसदमा आफूलाई उभ्याउन पाँदा समग्र आफ्रनो समुदायलाई सम्मान गरेको , भएको महसुस भयो ।

जातीय पोशाक लगाएर मात्रै समग्र समस्याको समाधान त होइन, अब जातीय मुद्धा कसरी उठाउनु हुन्छ संसदमा ?

हेर्नुस जातीय मुद्धासँग कुनै निश्चित समुदायको पोशाकसँग तुलना गर्न मिल्दैन । किन कि यसले यसको स्वाभिमानमा ठेस पुर्याउँछ । मैले आफ्नो संस्कार, रीति रिवाज, भेषभूषालाई जोगाउने प्रयत्नमा छु ।

तर जातीय मुद्धाको कुरा गर्नु हुन्छ भने, थारु हुनको पीडा धेरै भोगेको छ भने त्यो मध्ये शान्ता चौधरी पनि एक होे । त्यस कारणले, जात कै कारणले प्रताडित हुने भन्दा अव वर्गीय मुद्धा सायद अवको चूनौति हो भन्ने लाग्छ ।

मैले जातीय समस्याको पीडा त नै त्यो भन्दा बढी पीडा वर्गीय विभेदको पीडा छ । यो मुद्धाले अझै पनि हामीमाझ जरा गाडेर बसेको छ । धनी र गरिव बीचको खाडले ल्याएको बर्गीय पीडाले जो समस्या पैदा गर्छ त्यो जरैबाट उखेल्न जरुरी छ ।

यसो भएकाले म हमेसा जात भन्दा अलि बढी वर्गको मुद्धालाई प्राथमिकता दिने गर्छु । जात कै कारणले पछि परेको त हो नै, तर गरिव हुँदाको पीडा जुन छ त्यो नै वर्गीय समस्याको उपज हो ।

थारु समुदायबाट आउनु भएकाले थारुहरुको मूल भूत समस्या के हुन उनीहरु के चाहन्छन् भन्ने कुरा तपाइँलाई थाहा होला, अव यो संघीय संरचनामा उनीहरुको हक र अधिकार स्थापित गर्न सरकारसम्म समान पहुँच र उपस्थिति गराउन यहाँको के भूमिका रहन्छ ?

विगत भन्दा त धेरै परिवर्तन आइ सकेको छ हाम्रो समुदायमा पनि । जसरी राजनीतिक परिवर्तन सँगै मान्छेका व्यक्तिगत परवर्तन आउने गरेको हामी स्वयम्ले देखि रहेका छौँ ।

विभिन्न समुदाय लिंग वर्ग सवैमा परिवर्तन आउँदै गर्दा खेरि थारु समुदायमा पनि धेरै परिवर्तन आएको मैले महसुस गरेको छु । जस्तो हिजो अर्काको घरमा जुठा भाँडा माझ्ने एउटा थारु आज देशको सम्मानति संसद भवन पुगेको छ , नीति निर्माण तह सम्म पुगेको छ ।

याे पनि एउटा परिवर्तनको सूचक हो । तर म मात्रै पुगेर सम्भव त छैन, म जस्तै संघीय संरचना अनुसार केन्द्र प्रदेश र स्थानीय सरकारमा धेरैको प्रतिनीधित्व भएको छ ।

हो यो उपस्थितलाई कसरी उपयोग गर्ने त भन्ने मूल चुनौति छ । यसमा म लगायत सवैको सशक्त भूमिका रहन्छ । यो अधिकारको लडाइँ हो यसमा भन्नासाथ सवै पाइ हाल्ने या भई हाल्ने भन्ने हुदैन केहि कुरामा प्रकृयागत हुन्छन् भने केही समयले दिँदै जान्छ तर पहरेदारी आवश्यक रहन्छ ।

त्यसैले अवको हाम्रो काम भनेको स्थिर सरकारलाई काम गर्ने वातावरण बनाई राख्ने र जनताको हितमा , उनीहरुले अधिकतम लाथ लिन सक्ने गरि काम गर्ने नै हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु

Read More →