Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

गुमेको साख फर्काउन तल्लिन राप्रापा, जिल्ला दौडाहामा पार्टी नेता

३० पुस,   खबरमञ्च,   at 8:58 PM

By   /  January 14, 2019  /  Comments Off on गुमेको साख फर्काउन तल्लिन राप्रापा, जिल्ला दौडाहामा पार्टी नेता

    Print       Email

काठमाण्डाैं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा अनपेक्षित हार बेहोरेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी गुमेको साख फर्काउन यतिबेला जोडतोडका साथ लागिपरेको छ । जसका लागि पार्टीले संगठन निर्माण र विस्तारको कामलाई पनि तीब्रता दिइरहेको छ ।

पार्टी केन्द्रीय परिषदको बैठक,सातै प्रदेशमा सम्मेलन तथा हिन्दु जागरण सभाहरूको आयोजना गरेर कार्यकर्ता र आफ्ना शुभेच्छुकहरुमा पुनःभरोसा जगाउने राप्रपाको रणनीतिले केही भएपनि उसको अस्तित्वलाई मजबुद बनाउन सहयोग गरेको उनीहरुको दाबी गर्छन् ।

राप्रपा पृथ्वी जयन्तीमा सदाभन्दा यसपाली देखिएको जनसहभागिताबाट झन हौसिएको छ, राप्रपाका एक नेताले भने । पृथ्वी जयन्तीको लगत्तै राप्रपा अध्यक्ष कमल थापा ललितपुरमा आयोजित हिन्दुत्व जागरण सभामा सहभागी हुन पुगे भने अर्का नेता संगठन विभाग प्रमुख सांसद राजेन्द्र लिङदेन राप्ती अञ्चलका विभिन्न जिल्लाको दौडाहामा छन् ।

लिङ्देन सल्यानमा रहेका बेला गत निर्वाचनमा सल्यानबाट प्रदेश सभाको सदस्यमा उम्मेदवार भई करिब ७०००मत प्राप्त गरेर पनि पराजित भए लगत्तै राप्रपा परित्याग गरेका पार्टीका केन्द्रीय सदस्य लोकप्रिय व्यवसायी राजेन्द्रवीर राय पुनःराप्रपा फर्किए  ।

यस्तै तुलसीपूरमा नेपाली कांग्रेसका खड्कबहादुर केसी राप्रपा प्रवेश गरे भने सल्यानमा आयोजित कर्णाली प्रदेश स्तरीय हिन्दुत्व जागरण सभामा नेकपा माओवादीका पूर्व जिल्ला सेक्रेटरी र ईन्चार्जको जिम्मेवारी मा रहि काम गरिसकेका सल्यानका स्थापित राजनीतिक अगुवा धनबहादुर ओली सौरभूसहित दर्जनौं राप्रपामा प्रवेश गरे ।

लिङदेनको टोलीमा कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बुढा,केन्द्रीय सदस्यहरू हिक्मत ढकाल,राजेन्द्र वीर राय,अनुवम श्रेष्ठ र कर्णाली प्रदेश कार्यसमितिका पदाधिकारी सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब उपनाम राखेर पनि नागरिकता लिन पाइने

Read More →