Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

को हुन् राजेन्द्र लिङ्देनलाई धम्क्याउनेसँग कनेक्सन देखिएका नेता र ‘डन’ ?

2019/04/10,   खबरमञ्च,   at 11:31 AM

By   /  April 10, 2019  /  Comments Off on को हुन् राजेन्द्र लिङ्देनलाई धम्क्याउनेसँग कनेक्सन देखिएका नेता र ‘डन’ ?

    Print       Email

काठमाडौं । सांसद राजेन्द्र लिङ्देनलाई एकसातादेखि ‘तँलाई मार्न ५० लाख लिएको छु’ भन्दै धम्क्याइएको प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।

आर्थिक लाभ लिने उद्देश्यले मात्रै धम्क्याइएको हुनसक्ने आशंका भइरहेका वेला पक्राउ परेका व्यक्तिको झापा क्षेत्र नं. ३ कै नेता र अपराधिक पृष्ठभूमिका व्यक्तिसँग कनेक्सन देखिएपछि प्रकरणले नयाँ मोड लिएको हो ।

घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाकै तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकालाई पक्राउ गरेको छ । पक्राउ परेका रोकाको सीम कार्डबाट तिलकले राजेन्द्रलाई धम्क्याएको खुलेको छ ।

त्यही सीम कार्डबाट अन्य ३ जना व्यक्तिलाई पनि सम्पर्क गरिएको भेटिएको छ, जसमध्ये दुई जनालाई सांसद लिङ्देन राम्रोसँग चिन्छन् ।

उनले पहिलो व्यक्ति आफ्नै निर्वाचन क्षेत्रका एक जना नेता भएको बताएका छन् भने अर्का व्यक्ति अपराधिक पृष्ठभूमिको भएको जनाएका छन् ।

‘दोस्रो व्यक्ति केही समय जेल बसेर निस्किएका हुन्’, उनले सुनाए, ‘मेरो त राम्रो चिनजान छ । तर, मलाई त्यस्तो गर्ला भन्ने सोचेको थिइन ।’ यद्यपि, लिङ्देनले ती दुई व्यक्तिको नाम भने खुलाएनन् ।

पत्रकार सम्मेलनपछि खबरमञ्चसँग कुरागर्दै उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले त्यो विषय चाहिँ अहिल्यै डिस्क्लोज नगरौं ।’

उता घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अन्यको संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मिर्गौला जोगाउन के गर्ने ?

Read More →