Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

इटहरीमा यस्ताे बन्दैछ नेपालकै पहिलो स्मार्टपार्किङ्ग

२४ पुस,   खबरमञ्च,   at 7:44 PM

By   /  January 8, 2020  /  Comments Off on इटहरीमा यस्ताे बन्दैछ नेपालकै पहिलो स्मार्टपार्किङ्ग

    Print       Email

इटहरी । नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार अवको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर संचालनमा आउने छ ।

इटहरी वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग वन्ने भएको हो । जहाँ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ ।

इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ । करिव १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ । सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफ्टरवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाँउमा पठाउने छ । पछि १मिनेटमानै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सबै अटोमेटिक हुने छ ।

त्यहाँ गाडी धुने स्मार्ट वास र कफिसपको पनि ब्यवस्था हुने छ ।  पार्क गरिसकेपछि सम्वन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने बिषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले वताए । इटहरीमा बढ्दाे सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलो पटक बन्न लागेको यो स्मार्ट पार्किङ्गले समाधान गर्ने उपमहानगरको अपेक्षा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आस्था राउत प्रकरणः प्रहरी जवानलाई पनि जवाफदेही बनाउनु पर्छ

Read More →