Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

रंगीन दुनियाँको रंगहीन पाटो देखाउने पत्रकार खड्काको ‘नियत’ सार्वजनिक

२८ पुस,   खबरमञ्च,   at 6:42 PM

By   /  January 13, 2020  /  Comments Off on रंगीन दुनियाँको रंगहीन पाटो देखाउने पत्रकार खड्काको ‘नियत’ सार्वजनिक

    Print       Email

काठमाडाैं । पत्रकार डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सार्वजनिक भएको छ ।

प्रज्ञा भवनमा सोमवार आयोजित एक कार्यक्रमबीच अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले पुस्तक सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि पत्रकारितामा सक्रिय खड्काले पुस्ताकका माध्यमबाट रंगीन दुनियाँको रंगहीन पाटो देखाउने कोशिस गरेका छन् ।

कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका कथाहरूलाई पुस्तकमा समेटेको खड्काको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आस्था राउतलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

Read More →