Loading...
You are here:  Home  >  छापामा

छापामा

सरकारी तलबले नपुगेपछि आर्थिक मामिलामन्त्री बंगुर पालेर खर्च जुटाउँदै

काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले इलामको चुलाचुलीमा गरिरहेको बंगुरपालनबाटै आफ्नो घर र पकेट खर्च चल्ने गरेको बताएका छन्। बंगुरपालनका लागि खोलिएको मिक्लाजुङ कृषि कम्पनी मन्त्री आङ्बोकी श्रीमती कुमारी लावतीको नाममा दर्ता छ। मन्त्री आङ्बोले आफू मन्त्री हुनुपूर्व बंगुर फर्मकै आम्दानीले घर चलाउने गरेको बताए । फर्ममा महिनाको सयदेखि एक […]

0 comments

संविधान दिवसः ३ वर्षपछि यसरी फेरियो वीरगन्जको दृश्य

काठमाडौं । ३ असोज ०७२ मा मुलुकमा संविधान जारी भइरहँदा मधेस आन्दोलन उत्कर्षमा थियो। वीरगन्जमा पनि मधेसवादी दलका नेता–कार्यकर्ताले संविधान जलाए, ब्ल्याक आउट गरे। तर, संविधान जारी भएको ३ वर्षपछिको ३ असोजमा भने वीरगन्जवासीले संविधानको विरोधमा प्रतिक्रिया जनाएनन्। वीरगञ्जबाट लेखिएको यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। राजपा समर्थकले केन्द्रीय निर्देशनअनुसार कालोदिनका रूपमा लिए भने […]

0 comments

तक्मा वितरण राणाकालीन र पञ्चायती शैलीमै

काठमाडौं । संविधान दिवशमा मानपदवी, अलंकार र पदक पाउने जम्बो टोलीका सबैजसो पहुँचवाला छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापान भएर कार्यान्वयनमा आएको ३ वर्ष पुग्यो। तर तक्मा वितरणमा पञ्चायती र राणाकालीन शासनको झल्को भने हटेको छैन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितले लेखेका छन्। सरकारले संविधान दिवशमा बुधबार ५ सय १८ जनालाई विभूषित गरेको छ। […]

0 comments

फेरि २० वर्षे पुराना गाडी चलाउन चलखेल

काठमाडौं । मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन्। ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी ललितपुरमा चल्छन्। विशेष गरेर शौक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन्। थोत्रा गाडीबाट निस्कने कार्बन मोनोअक्साइडको मात्रा बढी भएर वातावरण प्रदूषण भई बिरामीको संख्या वृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ। पार्टपुर्जा कमजोर र यात्रुको […]

0 comments

सैनिक हेलिकप्टरमा एक वर्षमा ८ सय घण्टा भिआईपी उडान !

काठमाडौं । सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्षको अबधिमा ८ सय घण्टाभन्दा वढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन्। यो सयम दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६७ दिन हुन आउँछ। यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो। यो खबर आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका […]

0 comments

यसरी घट्दै छ प्रहरीमाथिको विश्वास

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीमाथिको विश्वास घट्दै गएको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासहितका विभिन्न घटनाको अनुसन्धानमा प्रहरीबाट भएका कमजोरीका कारण प्रहरीमाथिको विश्वास घट्दै गएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। कञ्चनपुर घटनामा त्यहाँको प्रहरी नेतृत्वले प्रधानमन्त्री र गृहमन्त्रीलाई नै गलत सूचना लिएको खुलेको छ। बालिका पन्तको बलात्कार र […]

0 comments

५० वर्षीयको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

काठमाडौं । सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीलाई तेजाब छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। चन्द्रपुर ६ का ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। पासवानले घाइते मध्येकी सम्झनाकुमारी दासलाई एकतर्फी प्रेम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रौतहटबाट फणि महतले लेखेका छन्। मोबाइलको कल डिटेल, पीडित […]

0 comments

यसरी लय समाउँदै छ संविधानले

काठमाडौं । आफ्नो प्रतिनिधिमूलक संस्थाबाट संविधान लेख्ने २००७ सालदेखिको जनताको चाहना पूरा भएको तीन वर्ष भएको छ। संविधानसभाबाट संविधान लेख्ने जनताको सात दशक लामो सपना २०७२ असोज ३ मा साकार भएको हो। मधेसी, जनजातिसहित विभिन्न पक्षको असन्तुष्टिबीच तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान, २०७२ घोषणा गरेका थिए। संघीयता, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, […]

0 comments

प्रधानमन्त्री १३ दिन देशबाहिरः यस्तो छ कार्यक्रम

काठमाडौं । राष्ट्रसंघको ७३ औं महासभामा जाँदा प्रधानमन्त्री केपी ओली १३ दिन विदेश बस्ने भएका छन्। न्युयोर्कका लागि शनिबार उड्ने उनी छिटोमा असोज १८ गते आइपुग्ने छन् । त्यसबीच उनले कोस्टारिकाको पनि भ्रमण गर्ने भएका छन्। ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँड गरौं’ नारासहित […]

0 comments

अबदेखि असोज ३ राष्ट्रिय दिवसः आज भव्य कार्यक्रम हुँदै

काठमाडौं । संविधान जारी भएको दिन असोज ३ गतेलाई अब ‘राष्ट्रिय दिवस’ का रुपमा मनाइने भएको छ। सरकारले सबै प्रकारका आन्दोलनका उपलव्धी संस्थागत भएको दिनका रुपमा संविधान जारी भएको दिनलाई चित्रित गरेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्। लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र स्थापना भएका दिनभन्दा भव्य रुपमा बुधबार पहिलो पटक ‘राष्ट्रिय दिवस’ मनाइँदै […]

0 comments

इन्धनको मूल्यवृद्धि फिर्ता नभए यातायात व्यवसायीले दशैंको लागि टिकट बुकिङ नगर्ने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने धम्की दिएका छन्। ५ असोजदेखि बुकिङ खुलाउने तयारी भइरहेका बेला सरकारले अचानक इन्धनको मूल्य बढाएपछि यातायात व्यवसायीहरुले बुकिङ नखोल्ने जनाएका हुन्। यो खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन […]

0 comments

पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

काठमाडौं । पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष संजय साहमाथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ दोर्ण पोखरलेललाई ज्ञापन पत्र बुझाएको हो। सर्लाहीबाट लेखिएको यो खबर आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको […]

0 comments

आमाबाट नागरिकता पाउनै मुस्किल

काठमाडौं । ललितपुर ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो। हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा बसे। तर, महिला गर्भवती भएको ८ महिनापछि पुरुष छाडेर भागे । त्यतिबेला महिलाको परिवारले जातीय भेदभावका कारण पुरुषको खोजी […]

0 comments

असोज ३ गते बत्ती बाल्ने कि निभाउने ? मधेशमा चर्को बहस

काठमाडौं । संघीय समाजवादी फोरम नेपालबाट लहान ७ का वडाध्यक्ष निर्वाचित राकेश गुप्ता रोशनले भदौ ३१ गत्ते फेसबुक भित्तामा स्ट्याटस पोष्ट गरे, ‘त्रुटी नसच्याएसम्म यो संविधानले मधेसी जनजातीलाई कुनै फाइदा पुर्याउन सक्दैन।’ संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष एवं प्रदेश २ संयोजक रोणुकुमारी यादवले जारी गरेको असोज ३ लाई ‘कालो दिन’कै रूपमा मनाउने निर्णयसहितको प्रेस विज्ञप्ति […]

0 comments

कर्णालीमा उपचार पाउनै मुस्किल

काठमाडौं । एक साताअघि ज्वरोका कारण थला परे मुगुको छायाँनाथ रारा नगरपालिका ६ का कर्णसिंह ऐडी। नजिकै अस्पताल नहुँदा छिमेकीले बोकेर तीन घन्टा पर सदरमुकाम गमगढी लाँदै थिए। ६० वर्षीय ऐडीको बाटोमै मृत्यु भयो। केही दिन अघिमात्र जाजरकोटको छेडागाड नगरपालिका १० की पञ्चकलानाथ योगीको पनि अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भयो। ज्वरोका कारण बिरामी भएकी […]

0 comments

छानविन समितिका सदस्य भन्छन्- डिएनए परीक्षणले मात्र निर्मलाका हत्यारा पत्ता लाग्न मुस्किल

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ। यो खबर आजको नागरिक दैनिकमा कञ्चनपुरबाट दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन्। ‘हत्या गर्ने […]

0 comments

कसले सुन्ने एसिड छ्यापिएका किशोरीको रोदन ?

काठमाडौं । रातको १२ बजे एक्कासी आमा, ढोका खोल भन्ने आवाज आयो। ३ महिने शिशु लिएर सुतिरहेकी पर्शिला दास भर्खर निदाएकी थिइन। उठेर हतार हतार छोरीहरु सुतेको कोठामा पुगिन। दुवै छोरीहरु ढोका छेउमा ‘पोल्यो, आत्था आत्था’ भन्दै छट्पटाई रहेका थिए। आमा पुग्ना साथ दुवै छोरीले आमालाई अँगालो हालेर रुन थाले। अत्तालिएकी आमा पनि रुँदै चिच्याइन। […]

0 comments

प्रहरीले यसरी दियो सानुकान्छलाई चरम यातना !

काठमाडौं । एक महिनाअघि हत्या गरिएका पूर्वराजदूत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफूमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् । घटनाको अनुसन्धानमा प्रहरीले आफूमाथि चरम यातना दिएको भन्दै क्षतिपूर्ति र सम्बन्धित अधिकारीलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन् । आयोगले त्यसमाथि ‘गम्भीरतापूर्वक छानिबन सुरु गरेको’ जनाएको छ । ‘अपराध कबुल गराउन […]

0 comments

नेपाल विरुद्ध भारतीय सेनाध्यक्षको बिवादास्पद अभिब्यक्ति

काठमाडौं । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ। गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो। नेपालले शुरुमा सैन्य […]

0 comments

विमान खरिदमा ‘किर्ते’ कारोबार

काठमाडौं । एयरबसका दुइटा वाइड बडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी गर्यो । तर, विमान हाई फ्लाई एक्स आयरल्यान्डसँग किन्यो, जुन कम्पनी त्यसको २६ दिनपछि २१ फेब्रुअरी २०१७ मा स्थापना गरियो । अर्बौंको खरिदमा कीर्ते काम यसरी सुरु भयो । दर्ता नम्बर ५९९०१० भएको हाई फ्लाई एक्सको […]

0 comments