Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

‘ॐ हस्पिटल चिकित्सक कार्यविधि २०७५’ कार्यान्वयनमा

१६ कार्तिक,   खबरमञ्च,   at 10:06 PM

By   /  November 2, 2018  /  Comments Off on ‘ॐ हस्पिटल चिकित्सक कार्यविधि २०७५’ कार्यान्वयनमा

    Print       Email

 

काठमाडाैंकाे अाेम अस्पतालले अाफूहरुले दिने सेवालाई आधुनिक, प्रभावकारी र प्रविधि मैत्री बनाउन “ॐ हस्पिटल चिकित्सक कार्यविधि २०७५” कार्यान्वयनमा ल्याएको छ ।

अस्पतालका अध्यक्ष उद्धव पौडेलको अध्यक्षतामा बिहिवार बसेको अस्पताल संचालक समितिको बैठकले अस्पतालमा DM र MCH अध्ययन सम्पन्न गरि विशेषज्ञता हासिल गरेका युवा र दक्ष चिकित्सकको आकर्षण बढाउन, तिनलाई प्रोत्साहित गर्न कार्यविधि कार्यान्वयनमा ल्याएकाे हाे ।

कार्यविधि अनुसार अब अस्पतालले विश्वका अधिकांश देशले अभ्यास गरे सरह ७० वर्ष उमेर पुगेका चिकित्सकलाई सेवामा प्रवेश नदिने तथा अस्पतालमा कार्यरत चिकित्सकलाई ७३ वर्ष उमेर पुगेको अवस्थामा अनिवार्य अवकाशको व्यवस्था गरिएको छ ।

यस्तै अस्पतालकाे सेवा विस्तार गर्ने क्रममा हाल अस्पताल रहेको भवनसंगैको आफ्नै जग्गामा १० तले सुविधा सम्पन्न, अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त, अपांग मैत्री एवं हेलिप्याड सुविधा सहितको भवन निर्माण गर्ने निर्णय गरिएको छ ।

यस्तै अस्पताललाई उच्च प्रविधियुक्त बनाउँदै लैजाने क्रममा आगामी तिन महिना भित्र संचालनमा ल्याउने गरी MRI/Cath Lab जडान गर्ने प्रकृया प्रारम्भ गरिएको अस्पतालद्वारा जारी गरिएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा १० लाख बढी मानिस मधुमेहबाट पीडित

Read More →