Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

वाइडबडीमा इतिहासकै ठूलाे भ्रष्टाचार, पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री र सचिवलाई कारवाही सिफारिस

१८ पुस,   खबरमञ्च,   at 12:04 AM

By   /  January 2, 2019  /  Comments Off on वाइडबडीमा इतिहासकै ठूलाे भ्रष्टाचार, पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री र सचिवलाई कारवाही सिफारिस

    Print       Email

काठमाडाैं ।   नेपाल बायु सेवा निगमकाे वाइडबडी खरिद बारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, दुई पूर्व मन्त्री  र तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ ।

मंगलबार अबेर  रातिसम्म बसेकाे उपसमितिकाे बैठकले वाइडबडी खरिदमा देखिएकाे अनियमिततामा  मन्त्री अधिकारी, सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही गर्न सिफारिस गरेको छ ।

यस्त‌ै जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

उपसमितिले तयार पारेकाे ३८ पेजकाे प्रतिवेदनमा यति ठूलाे रकम भ्रष्टाचार भएको ठहर गरिएकाे छ ।

कारवाही सिफारिसमा पर्ने पूर्वमन्त्रीमा जितेन्द्र नारायण देव र जीवनबहादुर शाही छन् ।

यस्तै  तत्कालीन पर्यटन सचिवहरु प्रेम राई र शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको उपसमितिका एक सदस्यले बताए।

वायु सेवा निगमले ल्याएको दुई वटा बाइडवडीबारे अध्ययन गर्न लेखा समितिका राजेन्द्र केसीको नेतृत्वमा उपसमिति गठन भएकाे थियो ।

प्रतिवेदनमा वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न पनि सिफारिस गरिएकाे छ । यसबारे थप अनुसन्धान गर्न अख्तियार पठाउने पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

उपसमितिको प्रतिवेदनअनुसार अधिकारी पर्यटनमन्त्री भएपछि दुई किस्ताको रकम भुक्तानी पठाइएको थियो।

उनले महालेखापरीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको उल्लेख हुँदाहुँदै छानबिन नगरी अन्तिम किस्ता रकम भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ।

‘पर्यटनमन्त्री अधिकारीले महालेखापरीक्षक टंकमणि शर्मासँग कुराकानी गरेर रकम भुक्तानी दिएको भनी झुठो बयान दिए। जबकि, शर्माले कुनै कुराकानी नभएको समितिलाई रेकर्ड गराएका छन्। यसबाट माननीय मन्त्रीले बदनियत राखेको र उनी जिम्मेवारीबाट पन्छन नमिल्ने देखिएकाले कारबाही गर्न नेपाल सरकारलाई सुझाव दिन सिफारिस गर्दछ,’ प्रतिवेदनमा भनिएको छ।

  प्रतिवेदनमा  बद्नियत राखी अख्तियारको दुरुपयोग गरेको हुँदा उनीहरूलाई हदैसम्म दण्ड सजाय गर्न नेपाल सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिसार्वजनिक लेखा समितिलाई सिफारिस गर्दछ भनिएको छ।

वाइडबडी जहाज खरिद प्रकरणमा उपसमितिले तयार गरेको प्रतिवेदन सही सावित भए यो नेपालको इतिहासकै सबैभन्दा ठूलो भष्टाचार हुनेछ।

उपसमितिले बुधबार ११ बजे बस्ने समितिको बैठकमा प्रतिवेदन पेस गर्दैछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश २ – सडक योजनाहरु अलपत्र, करिब एक अर्ब रकम फ्रिज हुने

Read More →