Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

सरकारको नौ महिनाको गतिविधिले जनता निरास: कमल थापा

२० मंसिर,   खबरमञ्च,   at 1:10 PM

By   /  December 6, 2018  /  Comments Off on सरकारको नौ महिनाको गतिविधिले जनता निरास: कमल थापा

    Print       Email

 

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको नौ महिनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाे बताएका छन् ।

सरकारका गतिविधिले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनकाे टिप्पणी थियाे ।

मिडिया नेपालद्वारा अायाेजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता आपत्तिजनक भएको बताए ।

सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार गरेकाे उनकाे भनाई थियाे ।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले बताए ।

उनले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौँ केन्द्रित हुनेछ बताए । जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाको भनाइ

Read More →