Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कमल थापाकाे प्रश्नः के जनताले अान्दाेलन गरेर ल्याएकाे परिवर्तन विदेशी धर्म अंगाल्न हाे ?

१९ मंसिर,   खबरमञ्च,   at 6:01 PM

By   /  December 5, 2018  /  Comments Off on कमल थापाकाे प्रश्नः के जनताले अान्दाेलन गरेर ल्याएकाे परिवर्तन विदेशी धर्म अंगाल्न हाे ?

    Print       Email

काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  हिन्दु राष्ट्रकाे पहिचानलाई समाप्त पार्ने कार्यमा सरकार स्वयम संलग्न रहेकाे अाराेप लगाएका छन् ।

२ नं प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मलेनकाे जनकपुरमा उद्घाटन गर्दै अध्यक्ष थापाले नेपालकाे सदियाैं देखि कायम रहँदै अाएकाे हिन्दु राष्ट्रकाे पहिचान समााप्त पार्ने कार्यमा सरकारकाे संलग्नता अापत्तिजनक रहेकाे बताए ।

“याेजनाबद्ध र संगठित रुपमा भइरहेकाे धर्म परिवर्तनले याे ८-१० वर्षकाे बीचमा दशाैं लाख धर्म परिवर्तन गराइएकाे छ, के जनताले अान्दाेलन गरेर ल्याएकाे भनिएकाे परिवर्तन नेपालकाे सनातन धर्मलाई समाप्त पारेर विदेशी धर्म अंगाल्न हाे ?,” उनले प्रश्न गरे । साथै उनले विवादास्पद धार्मिक संस्थाले आयोजना गरेको कार्यक्रममा ताम झाम गरेर सरकारले अाफ्नै साख गिूराउने काम गरेकाे जिकिर गरे ।

कार्यक्रममा बाेल्दै उनले देशकाे शान्ति सुरक्षाकाे अवस्था बिग्रँदै गएकाेमा पनि चिन्ता व्यक्त गरे ।  निर्मला पन्त हत्या प्रकरण स्मरण गर्दै उनले भने, “४ महिना पूरा भयाे , सरकाले अझै पनि अपराधि पत्ता लाउन सकेकाे छैन , त्यति मात्र हाेइन अपराधिलाई जाेगाउने, प्रमाण लुकाउने,  नकक्ली बयान दिने र नक्कली अभियुक्त खडा गर्ने जस्ता काम सरकारी संयन्त्रबाटै भइरहेकाे छ ।”

अपराधि लुकाउने काममा  सरकार र प्रशासन संलग्न हुँदा जनताले सुरक्षा र  न्याय  पाउने अवस्था नरहने उनकाे भनाइ थियाे ।

उनले  पार्टीकाे भागबण्डाकाे अाधारमा न्यायपालिका, सुरक्षा निकाय र  समग्र राज्यनै सञ्चालन भइरहेकाे भन्दै जनताकाे ज्यान र धनकाे सुरक्षा गर्न पनि कठिन पर्ने अवस्था अाएकाे बताए ।

साथै उनले दुई तिहाईका साथ सशक्त सरकार बने पनि जनताले कुनै परिवर्तनकाे महशुस गर्न नसकेकाे बताए । उनले भने,” सरकार गठन भएकाे ९ महिना बित्याे, तर जनताले जीवनस्तरमा परिवर्तनकाे महशुस गर्न पाएका छैनन् ।”

उनले अब जनताले विकल्प  खाेजिरहेकाे भन्दै कम्युनिष्ट र कांग्रेसकाे विकल्पकाे रुपमा फरक विचार बाेकेर खडा भएकाे पार्टी राप्रपा मात्र भएकाे दाबी पनि गरे ।

साथै उनले निर्वाचनमा बेहाेरेकाे हारले निराश नहुन पनि कार्यकर्तालाई अाग्रह गरे । “चुनावमा पराजित भएर निष्कृय भयाैं भने पार्टी कमजाेर हुने मात्र हाेइन हाम्राे एजेण्डा पनि समाप्त हुन्छ, हारकाे बाबजुद नयाँ उर्जा र याेजनाका साथ अघि बढ्नु बाहेक अर्काे कुनै विकल्प छैन । एउटा चुनाव हार्दैमा सिद्धान्त मर्दैन । देशकाे  वर्तमान अवस्थालाई इमान्दारीका साथ समिक्षा गर्ने हाे भने हाम्राे एजेण्डा प्रति जनताकाे विश्वास र समर्थन बढेर गएकाे छ ।”

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाको भनाइ

Read More →