Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश २ काे ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापाकाे साथ

११ मंसिर,   खबरमञ्च,   at 6:21 PM

By   /  November 27, 2018  /  Comments Off on प्रदेश २ काे ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापाकाे साथ

    Print       Email

जनकपुर । प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई नायिका रेखा थापाले पनि सघाउने भएकी छिन् ।

प्रदेश २ सरकारले सञ्चालन गर्दै आएको महिला हिंसा तथा बालविवाहविरुद्ध कार्यक्रम रेखा थापा फाउन्डेसनले अबको दिनमा प्रवद्र्धन गर्ने भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले छोरीको लागि ‘स्वर्णिम नेपाल कार्यक्रम’अन्तर्गत ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेका हुन् ।

मुख्यमन्त्री राउतले समाजिक रुपान्तरणको अभियानअन्तर्गत सरकारले ल्याएको अभियानमा नायिका रेखा थापाले प्रवद्र्धन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको बताए। उनले यस अभियानमा अन्य समाजिक व्यक्तित्वहरुलाई समेत जोडिन आह्वान गरे।

नायिका थापाले प्रदेश २ सरकारले ल्याएको कार्यक्रमले आफूलाई अभियानमा सामेल हुन आकर्षित गरेको बताइन्।

उनले यस प्रदेशका बालबालिकाले मुख्यमन्त्रीको रुपमा राम्रो अभिभावक पाएको बताउँदै यस अभियानको सफलताको लागि आफू र आफ्नो फाउण्डेसनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

रेखा थापा फाउण्डेसनले अहिले देशव्यापी रुपमा महिला हिंसाविरुद्धको कार्यक्रम सञ्चालन गर्दै आएका छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश २ मा आज र भाेलि सार्वजनिक बिदा

Read More →