Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

अजय शमशेर राणाकाे इथोज ब्याण्डले चौथो एल्बम ‘प्रस्ताव ३’ चाँडै ल्याउँदै

१७ कार्तिक,   खबरमञ्च,   at 5:14 PM

By   /  November 3, 2018  /  Comments Off on अजय शमशेर राणाकाे इथोज ब्याण्डले चौथो एल्बम ‘प्रस्ताव ३’ चाँडै ल्याउँदै

    Print       Email

पप गायक अजय शमशेर राणाकाे (इथोज ब्याण्ड) ले चौथो एल्बम “प्रस्ताव ३” श्रोता माझ ल्याउने भएको छ ।

ब्याण्डका गायक अजय शमशेर राणाका अनुसार एल्बम दशैंमा बजारमा आउने छ । उनले एल्बममा पप,आर, एन्डवी फ्लेवरका आठ गीत समेटिएको बताए ।

गीतमध्ये ६ गीतमा शब्द र संगीत राणाकाे आफ्नै छ भने २ गीतमा विशेष पाण्डेको शब्द र संगीत छ । युवा पुस्तालाई लक्षित गरेर तयार पारिएको एलबमका दुई गीतको म्युजिक भिडियो थाइल्याण्डका विभिन्न शहरमा छायाङ्कन गरिएको उनले बताए ।

एल्बमलाई रिबेल इभेन्टले बजारमा ल्याउने तयारी गरिरहेको छ । ब्याण्डले २००७ मा “आश्मा” २०१० मा प्रस्ताव २०१४ मा प्रस्ताव २ ल्याइसकेकाे छ।

दोश्रो एल्बम प्रस्तावमा भएको “सुस्तरी” बोलको गीतले २०११ मा धेरै अवार्ड जित्न सफल भएकाे थियाे । १३ औं ईमेज अवार्ड, कान्तिपुर अनर्स अवार्ड, कालिका अवार्ड, विन्ध्यवासीनी म्युजिक अवार्ड जितेको थियो ।

तेश्रो एल्बम प्रस्ताव २ मा रहेको गीत“गल्ती मेरो छैन” ले स्टार म्युजिक अवार्ड माथ्यगलन: ind Award र २०१७ माआएस नेपाल म्युजिक अवार्ड “सम्बन्ध”गीतले जितेकाे थियाे ।

चौथौं एल्बमको तयारी गरेको ब्याण्डले हालै देशको विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गरेकाे छ भने विदेशमा पनि त्यतिकै सांगीतिक कार्यक्रम गरिरहेकाे छ । राणा गायनका साथै विभिन्न सामाजिक कार्यमा पनि लागि परेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक

Read More →