Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

साफ यू–१५ फुटबलः तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

१७ कार्तिक,   खबरमञ्च,   at 10:17 AM

By   /  November 3, 2018  /  Comments Off on साफ यू–१५ फुटबलः तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

    Print       Email

काठमाडाैं । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।

प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो ।

पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । उक्त प्रतियोगिताअन्तर्गत आजै अपराह्न हुने अन्तिम चरणको खेलमा पाकिस्तान र बङ्गलादेश प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शरद भेसवाकर नेतृत्वकाे पाेखराले जित्याे पीपीएलको उपाधि, पारसकाे चितवन ६ विकेटले पराजित

Read More →