Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

अझ अघि बढ्न प्रेरणा मिलेको छ (विशेष प्रकाशकीय)

जेठ १५,   खबरमञ्च,   at 11:59 PM

By   /  May 28, 2017  /  Comments Off on अझ अघि बढ्न प्रेरणा मिलेको छ (विशेष प्रकाशकीय)

    Print       Email

खबरमञ्च अनलाइन आजबाट दोस्रो बर्षमा प्रवेश गरेको छ । विगत एकबर्षको उकाली ओराली पार गर्दै आज झापाको दोस्रो अनलाइन भएकोमा खबरमञ्च अनलाइन सञ्चालक समूह सबै पाठक, विज्ञापनदाता तथा शुभचिन्तकमा खुशी बाँडन चाहन्छ ।

स्थापनाको एक बर्षमै झापाको दोस्रो अनलाइन भएको श्रेय पाठक, विज्ञापनदाता तथा शुभचिन्तकलाई नदिइ रहन सकिन्न ।

अनलाइन पत्रकारिता एउटा जोखिमपूर्ण यात्रा हो । त्यहीँमाथि अवैधानिक तरिकाले खुलेका अनलाइन पत्रिकाहरुका कारण वैधानिक अनलाइन पत्रिकाहरुलाई मार परिरहेको तथ्य सबैसामु छर्लंग छ ।

तर खबरमञ्च अनलाइन पत्रिकाको सम्पादकीय समूह यो जोखिमपूर्ण यात्रालाई सहज बनाउन सँधै लागिपर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छ ।

अहिले जमानामा छिटो सूचना प्राप्त गर्नका लागि अनलाइन पत्रिकाको सहारा मानिसहरुले लिने गरेका छन् । तर कुन अनलाइनले कसरी सूचना प्रवाह गरिरहेको छ, कुन सूचना ठिक कुन बेठिक सबै कुरा पाठकले छुट्याउन सक्छन् । त्यसैले हामी अझ जिम्मेवार भएर अघि बढ्ने छौं भन्ने कुरामा प्रतिवद्ध छौं ।

अन्त्यमा, यस अनलाइनले कुनै लाइन (राजनीतिक) समाउने छैन । सबैको सबै खाले (प्रकाशन गर्न योग्य) समाचार प्रकाशनका लागि सँधै तत्पर रहनेछ । सबैमा धेरै धेरै शुभकामना ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लालबाबु पण्डितका काम भन्दा कुरै ठूला !

Read More →