Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

जनताको खबरसहित खबरदारीमा खबरमञ्च

जेठ १५,   एकराज गिरी,   at 11:51 AM

By   /  May 29, 2017  /  No Comments

    Print       Email

अत्याधुनिक प्रविधिको द्रुत विकाससँगै सञ्चार बिनाको जीवनशैली आजको युगमा कल्पना पनि गर्न सकिँदैन । मानिसका लागि आमसंचार गाँस, बाँस र कपास जस्तै अनिवार्य बनिसकेको छ ।

आमसंचारप्रतिको आकर्षण उत्तिकै बढ्दो छ । बोली, भाषा, लिपी हुँदै एकोहोरो संचारबाट शुरु भएको संचारको विकास कटुवाल घोकाउने, सनै बजाएर मानिस जम्मा गरी सन्देश प्रवाह गर्ने युगबाट कयौं गुणा अघि फड्को मारेको छ ।

छापामा संचारमाध्यमको रुपमा पत्रपत्रिका, विद्युतीय संचारमाध्यमको रुपमा रेडियो, टेलिभिजन हुँदै आधुनिक विश्वको अत्याधुनिक संचारमाध्यम बनेको छ अहिले विद्युतीय पत्रिका ‘अनलाइन ।’

विद्युतीय पत्रिका ‘अनलाइन’ मार्फत एक क्लिकमा सेकेन्डभरमा विश्वमा सूचना प्रवाह सम्भव भएको छ । आमसंचारको अत्याधुनिक र सशक्त माध्यम बनेको छ आज अनलाइन ।

आज झापामा पनि धेरै अनलाइन उदाएका छन्, त्यो मध्ये बेग्लै पहिचानसहित स्थापित अनलाइन हो खबर मञ्च ।

नेपालमा पत्रकारिता प्रवेशको ११८ वर्ष वितेको छ । यो इतिहासको वीचमा झापाको पत्रकारिताले ६३ वर्षे उमेर पार गरेको छ । २०१० साल मंसीर १२ बाट श्यामकृष्ण उपाध्यायको सम्पादकत्वमा प्रकाशित ‘केटो’ झापाली पत्रकारिता इतिहासको पहिलो अर्थात जेठो पत्रिका हो । झापाकै मात्र कुरा गर्ने हो भने नेपाल पत्रकार महासंघका सदस्यता प्राप्त २६८ पत्रकार छन् ।

तीसहित ३०० को हाराहारीमा पत्रकार छन् । सञ्चारमाध्यमको कुरा गर्नुपर्दा झापामा ६७ वटा छन् । पत्रिकाहरुमा दैनिक १०, साप्ताहिक १९, मासिक ४ वटा छन् । टेलिभिजन २, रेडियो एफएम १६ छन्, अनलाइन १६ वटा छन् ।

यतिधेरै सञ्चारमाध्यमको भीडमा खबर मञ्च अनलाइन फरक विशेषता र प्रस्तुतिले अग्लिएको छ । प्रथमतः दोस्रो बर्ष प्रवेशको पावन क्षणमा खबर मञ्च अनलाइन पत्रिकालाई हार्दिक शुभकामना ।

सम्पादक सिर्जना घिमिरेको नामझैं सिर्जनशील सोच र रचनात्मक कार्यशैलीको उपज प्रकाशनको बर्षदिन गुजार्दै गर्दा खबर मञ्च अनलाइन पत्रिका पाठकको रोजाई, खोजाईमा पर्न सफल भएको मैले अनुभूति गरेको छु । पेज आकर्षक छ ।

फोटो पत्रकार वुद्ध तामाङ्ग लगाायतका सक्रिय, जुझारु कलमकर्मीको मिहिनेतले ‘एक भिन्नै पहिचानको अनलाइन पत्रिका’ बनेको छ खबर मञ्च । यो सवैको साझा देखिएको छ । यसको श्रेय खबर मञ्चलाई अभिभावकत्व प्रदान गरिरहनु हुने अनुभवी पत्रकार उमाकान्त खनाललाई नदिइरहन सकिन्न ।

सिर्जना अध्ययनको शिलशिलाामा काठमाडौं जाने सुनेपछि झापामा स्थापना भएर छोटो समयमा पाठकको रोजाइमा परेको यो अनलाइन कतै बन्द त हुने होइन भन्ने चिन्ता मलाइ थियो तर साहस र सही व्यवस्थापनमा पनि अब्बल सम्पादक सिर्जना र अभिभावकत्व प्रदान गर्नुहुने उमाकान्त सरको प्रयासमा यो अझ चम्किएको छ ।

सिर्जना जीले काठमाडौंबाटै सबै खुराक हेर्दै हुनुहुन्छ भने जिल्लामा रहेका सहकर्मीको अनवरत योगदान प्रसंशनीय छ । क्षण क्षणको खबर अझ जनताका खबर लिएर आउने खबर मञ्च सरकार र सरोकारवालालाई जिम्वेवार बनाउन खबरदारी पनि गर्रिहेको छ ।

यो अर्थमा पत्रकारिताको धर्म र कर्ममा उत्कृष्ट दरिएको छ खबर मञ्च ।

सञ्चारमाध्यम खुल्ने र बन्द हुने क्रम निरन्तर नै चलिरहेको छ । खुलेको सञ्चारमाध्यम बन्द हुनुहुँदैन । प्रकाशन संस्थाको दीगो विकास अहिलेको आवश्यकता हो । सञ्चारमाध्यम समाज विकासको आधार हो । सञ्चारकर्मी पथप्रदर्शक । खबर मञ्च र आवद्ध सञ्चारकर्मी सबै पनि यो जिम्मेवारीभित्रै छन् ।

अत्याधुनिक सञ्चारमाध्यम भए पनि अनलाइनको यात्रा चुनौतिपूर्ण छ । जिल्ला तहमा अनलाइन सशक्त सत्तचारमाध्यम हो भन्ने अनुभूति गर्न गराउन सकिएको छैन । अनलाइनमा विज्ञापन गर्दा क्षणभरमा विश्य बजारमा प्रचार पुग्छ तर त्यो चेतना अझै आउन सकेको छैन । हरेक मानिसले मोवाइलबाटै विश्वका खबर जानिरहेका छन् त्यो अनलाइनले दिइरहेको छ ।

तर आफ्नो व्यापार प्रवद्र्धन गर्न अनलाइनको सहायता लिनुपर्छ, अनलाइन पत्रिकामा विज्ञापन दिनुपर्छ भन्ने आभाष नहुनु अनलाइनको मुख्य चुनौति हो । विज्ञापन नै हो अनलाइनको चल्ने आधार । विज्ञापनदाताहरुमा अनुरोध पनि गर्छु कि जिल्लाका स्थापित अनलाइनलाई विज्ञापन दिएर व्यापार प्रवद्र्धनका निम्ति सहकार्य गर्नुहोस् ।

अर्को कुरा फेसबुक पेज झैं खुल्ने च्याउसरी अवैधानिक अनलाइनले समस्या थपेको छ । कम से कम अनलाइन चलाउने हो भने त्यसको मापदण्ड पूरा गर्न पनि म आग्रह गर्छु सवैमा जसरी खबर मञ्चले यस मामलामा आफूलाई अब्बल साबित गरेको छ ।

नेपालमा अझ मोफसलमा पत्रकारिता धेरै चुनौति झेल्दै आएको छ । पत्रकारको पहुँच सूचनाको स्रोतमा छैन । सञ्चार क्षेत्रमा चरम राजनीतिकरण र आर्थिक संकट विद्यमान छ । दक्ष जनशक्तिको उत्तिकै अभाव ।

नयाँ पुस्तालाई सिकाउदै काम लगाउनुपर्ने, अलि जान्ने भएपछि कि अन्तै काम गर्न कि विदेशिने प्रबृत्ति छ । भौतिक पूर्वाधार पर्याप्त छैन । विधिको शासन उत्तिकै खड्किएको विषय हो । पेशागत असुरक्षा छ ।

कुनै विषयमा खोज, अनुसन्धान गरेको तथा लेखेकै आधारमा गाली, धम्की, आक्रमणको शिकार हुनुपरेको छ । सत्य तीतो हुन्छ । स्वीकार्न गाह्रो परिरहेकोछ यहा मानिसहरुलाई । आलोचना र विरोध सहने संस्कार छैन, आफू सुध्रन कोही चाहदैन । प्रतिशोधले मनमनमा घर गरेको छ ।

सवै आफूले सोचे झैं बनून् भन्ने भ्रमपूर्ण, कल्पनाशील चाहना राख्छन् । त्यो सम्भव छैन । व्यवसायिकता ग्रहण गर्न सकेको छैन अझै हाम्रा कामले । हामी शहरमै केन्द्रीत र रमाएका छौं । गाउँ बारे सञ्चारमाध्यम बेखबर छ । निरक्षरता र गरिबी पनि गाउँमा सञ्चार पहुँच कमीको कारण बनेको छ ।

सरकार पनि उत्तिकै जिम्मेवारी छ । स्पष्ट नीति, भएका व्यवस्थाको कार्यान्वयन नहुनु हामीले झेलिरहेका यथार्थ हुन् । यी चुनौतिकाबीच आफूलाई अब्बल सावित गरेर समाज र राष्ट्रप्रतिको गहन दायित्व निर्वाह गर्न चुक्नु हुन्न ।

चुनौति सामना गर्दै जानुपर्छ । विगतभन्दा बर्तमान सन्तोषनजनक छ । भविष्यलाई सुखद् बनाउनुपर्छ । यस अभियानमा खबर मञ्चकोे पनि योगदान छ, यात्रा अविराम रहोस् ।

अन्त्यमा अझ धेरै सेरोफेरो, विषय, विधा समेटिन सकून् । साहित्य, भाषा, धर्म, जाति समेटिउन् । पत्रकारिताको सिद्धान्त र मूल्य–मान्यता सवै सञ्चारमाध्यम र सञ्चारकर्मीले सिरोपर गर्नुपर्ने हुन्छ ।

खबर मञ्च यसमै रहेर विकसित हुन सकोस् । शुद्धता, सन्तुलन, विश्वसनीयता, सिष्टता, नैतिकता, स्वच्छता जस्ता पत्रकारिताको सिद्धान्तभित्र छ– खबर मञ्च । आगामी दिनमा यी सिद्धान्तको पर्याय नै बन्न सकोस् ।

अझ आकर्षक डिजाइनका साथ सजिएर मन जित्न सफल होस् । खबर मञ्च अझ उत्कृष्ट र अझ धेरैको रोजाई र जीवनको मार्ग दर्शक बन्न सकोस्– शुभकामना ।

(लेखक गिरी नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा पूर्वाञ्चल दैनिकका सम्पादक हुन् । )

    Print       Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You might also like...

Flower or Throne

ब्लग: केही फरक सोच्ने कि ?

Read More →