Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

शिक्षा बिनाको विकास अपूर्ण छः राजेन्द्र लिङ्देन

५ माघ,   खबरमञ्च,   at 7:04 PM

By   /  January 19, 2020  /  Comments Off on शिक्षा बिनाको विकास अपूर्ण छः राजेन्द्र लिङ्देन

    Print       Email

बनियानी। गाउँपालिकालाई शिक्षामा अगाडि बढाउने उद्देश्यले कचनकवल गाउँपालिकाले गाउँपालिका स्तरीय विज्ञान, प्रविधि तथा कला प्रदर्शनीको आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद राजेन्द्र लिङदेनले शैक्षिक गतिविधिलाई प्राथमिकता दिने गाउँपालिकाको योजनाप्रति खुशी व्यक्त गरे ।

व्यवस्था फेरिएरमात्र केही नहुने भन्दै उनले जनताको चेतनाको स्तरमै परिवर्तन आवश्यक रहेको पनि बताए ।

‘हामी भौतिक संरचना कति बने, पुल कति बने, कत्रो विद्यालय बन्यो भन्ने लगायतमा ध्यान दिन्छौं । तर जबसम्म जनता शिक्षीत हुँदैनन् अन्य सबै विकास अपूर्ण हुन्छ ,’ उनले भने ।

झापाको दक्षिणी क्षेत्रमा रहेको उक्त गाउँपालिकाले पहिलो पटक आयोजना गरेको प्रदर्शनीमा गाउँपालिकाभित्रका २९ वटा सामुदायिकसहित करिब ४५ वटा विद्यालयको सहभागिता रहेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

कचनकवल ६ बनियानी स्थित लक्ष्मी माविमा आयोजित एक दिने विज्ञान, प्रविधि तथा कला प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका विज्ञान प्रविधिका सामाग्रीका साथै अन्य शैक्षिक सामाग्री पनि थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पूर्ण कार्य तत्काल रोक्न संसदीय समितिकाे निर्देशन

Read More →