Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

फाल्गुनन्द गोल्डकपमा झापा-११ काे विजयी सुरुवात, देवेन्द्र तामाङ म्यान अफ दि म्याच

२१ पुस,   खबरमञ्च,   at 7:28 PM

By   /  January 5, 2019  /  Comments Off on फाल्गुनन्द गोल्डकपमा झापा-११ काे विजयी सुरुवात, देवेन्द्र तामाङ म्यान अफ दि म्याच

    Print       Email

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा शनिबारदेखि सुरु दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा झापा–११ ले विजयी सुरुवात गरेको छ।

 फिदिम माविको खेलमैदानमा भएकाे उद्घाटन खेलमा कर्णसिंह सोनाम स्मृती क्लब ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै झापाले विजयी सुरुवात गरेको हो।

खेलमा सुरुवाती अग्रता ताप्लेजुङले लिएपनि अग्रता टिकाउन नसक्दा ताप्लेजुङ पहिलाे खेलबाटै बाहिरिन पुग्याे ।

खेलकाे पाँच मिनेटमा ताप्लेजुङका अनुप सेन्दाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, २५ औं मिनेटमा कर्ण लिम्बुको कर्नरमा झापाका देवेन्द्र तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।  पहिलो हाफमा १–१ को बराबरी खेलेको झापाले दोस्रो हाफमा थप २ गोल गर्यो। र विजयी भयाे ।

झापाका देवेन्द्र तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र बहादुर आङ्बोले खेल मैदान विकासका लागि ५० लाख रुपैँया प्रदेश सरकारले बजेट छुट्याउने घोषणा गरे।

 १० टिम  सहभागी प्रतियाेगिता पुस ३० सम्म चल्नेछ ।

 प्रतियोगिताको विजेताले ४ लाख  र उपविजेताले २ लाख र ट्रफि पाउने छन्।

प्रतियोगिताकाे आइतबार हुने खेलमा आयोजक फिदिम स्र्पोटिङ क्लब र  मोरङ–११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

Read More →