Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

दसैंमा दसैं गीत लिएर अाइन् अास्था राउत (भिडियाेसहित)

३० असाेज,   खबरमञ्च,   at 8:23 AM

By   /  October 16, 2018  /  Comments Off on दसैंमा दसैं गीत लिएर अाइन् अास्था राउत (भिडियाेसहित)

    Print       Email

चाडपर्व लागेसंगै चाडपर्वसंग सम्बन्धित गीत संगीत गाउँ शहरनै गुञ्जयमान हुन्छन् । यही मेसाे पारेर नयाँ नयाँ गीतहरु पनि सार्वजनिक हुने गरेका छन् ।

फरक स्वरका कारण दर्शकमाझ परिचित गायिका आस्था राउतले पनि दशैंकाे मेसाे पारेर दशैं गीतकाे म्युजिक भिडियाे लिएर अाएकी छिन् ।

लाेक अाधुनिक लयमा रहेकाे ‘दसैं अायाे’ बाेलकाे गीतमा विशुद्ध नेपाली चाडबाड र त्यसले अाम मानिसमा ल्याउने उत्साहलाई समेटिएकाे छ । यस बाहेक गीतकाे भिडियाेमा स साना हाम्रा सांस्कृतिक पाटाेलाई पनि राम्राेसंग देखाइएकाे छ ।

सुरेश अधिकारीकाे रचना र संगीत रहेकाे गीतमा माेडल बिनु शाक्यकाे फिचरीङ रहेकाे छ । साइवा शर्मा र दिपक केसीले छायाँङ्कन गरेकाे गीतकाे भिडियाेलाई विनाेद न्याैपानेले सम्पादन गरेका छन् । भिडियाेमा  काेरियाेग्राफि भुवनदास श्रेष्ठले गरेका छन् ।

हेराैं भिडियाेः

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक

Read More →