Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

अग्नि सापकोटाः प्रावि शिक्षक हुँदै मन्त्रीदेखि सभामुखसम्म

५ माघ,   खबरमञ्च,   at 6:05 PM

By   /  January 19, 2020  /  Comments Off on अग्नि सापकोटाः प्रावि शिक्षक हुँदै मन्त्रीदेखि सभामुखसम्म

    Print       Email

काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको आगामी सभामुख बन्ने भएका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार विहान बालुवाटारमा लामो समयको छलफलपछि सापकोटाको नाममा सहमति जुटेको थियाे । अध्यक्षद्वयबीच भएको सहमतिलाई नेकपा सचिवालय बैठकले पनि अनुमोदन गरिसकेको छ । संसदमा नेकपासंग बहुमत रहेकाले सापकाेटानै सभामुख बन्ने पक्का छ ।

को हुन् सापकोटा ?

सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका ४ कुबिन्डिमा जन्मिएका सापकोटा सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका हुन् । बुवा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट २०१४ साल फागुन २४ गते जन्मिएका सापकोटाका तीन छोरा छन् । सापकाेटाकी श्रीमति तारादेवी पनि लामाे समयसम्म राजनीतिमा सक्रिय रहेकी थिइन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका सापकोटाले यसअघि पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोकबाटै चुनाव जितेका थिए ।

आफूलाई निष्ठाको पर्यायका रुपमा परिचित गराउन चाहने सापकोटा विद्यार्थीकालदेखि नै राजनीतिसँग नजिक थिए।

सापकोटाले विसं २०३० साल मा श्रीकृष्ण विद्याश्रम चौताराबाट विद्यार्थी राजनीति सुरु गरेका थिए ।

शिक्षण पेशासँगै राजनीतिलाई निरन्तरता दिएका उनी तत्कालीन संयुक्त जनमोर्चामा आवद्ध रहेकै अवस्थामा ०५१ सालबाट भूमिगत भए। २०३६ सालमा तत्कालीन संयुक्त जनमोर्चाको चौथो जिल्ला महाधिवेशनबाट संस्थापक जिल्ला सचिवहुँदै २०४८ लमा केन्द्रीय सदस्य साथै ०५१ सालदेखि नेकपा माओवादीमा आवद्ध भएका हुन् । त्यसयता पनि उनी विभिन्न पद हुँदै एकीकरणपछि ०७४ मा नेकपाको स्थायी समिति सदस्य रहेका थिए ।

माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनका क्रममा उनी दश वर्ष भूमिगत भए। शान्ति प्रक्रियापछि भएका निर्वाचनमा सिन्धुपाल्चोकबाट लगातार तेस्रो पटक निर्वाचित उनी दुई पटक मन्त्री बने। सापकोटले २०६८ मा सूचना तथा सञ्चार र २०७२ मा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालि सकेका छन् ।

राजनीतिमा लाग्नु अघि भने सापकोटा शिक्षण पेशामा थिए । २०३२ साल माघ २ गते प्राथिमक तहको शिक्षकमा नियुक्त भइ २०३६ सालमा निमावि तहमा कार्यरत रहे भने २०४२ सालमा माध्यमिक तहमा प्रधानाध्यापक पनि भए ।

यसबाहेक सापकोटा विभिन्न सामाजिक संघ संस्थामा पनि छन् । उनी काठमाडौँको समुन्नति फाउन्डेसनको संस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सञ्चार मन्त्रालयकाे जिम्मेवारी युवराज खतिवडालाई

Read More →