Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

बंगलादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

२९ कार्तिक,   रासस,   at 2:14 PM

By   /  November 15, 2019  /  Comments Off on बंगलादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

    Print       Email

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले शुक्रबार काठमाडौंको चन्द्रागिरि अवलोकन भ्रमण गरेका छन् ।

भ्रमण दलमा रहेका बंगलादेशका सांसद, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बंगलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिलगायत २७ जनाले अवलोकन भ्रमण गरेका हुन् । उनीहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।

भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराएका थिए ।

भ्रमणमा सहभागी बंगलादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्गलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘विहीबार सार्वजनिक विदा छैन’

Read More →