Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

आन्दोलनरत राहत शिक्षकको आन्दोलन फिर्ता, सरकारसंग तीन बुँदे सहमति

2019/03/07,    at 3:11 PM

By   /  March 7, 2019  /  Comments Off on आन्दोलनरत राहत शिक्षकको आन्दोलन फिर्ता, सरकारसंग तीन बुँदे सहमति

    Print       Email

 

काठमाडौँ । विभिन्न माग राखेर आन्दोलनरत राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी) का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ।  सरकारसँगको तीनबुँदे सहमतिपछि उनीहरुको आन्दोलन फिर्ता भएको हो ।

आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको टोलीले गरेको वार्तामा बुधबार तीन बुँदे सहमति भएको हो।

सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरद्वारा जारी गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता भएको जनाइएको छ।

राहत अनुदान कोटामा नियुक्त भएका शिक्षक तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डको आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक र खुला प्रतियोगितात्मक परीक्षाबाट स्थायी प्रक्रियामा लैजान मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने सहमति भएको छ । यसका साथै सहमति अनुसार परीक्षामा सहभागी हुन एक पटकका लागि उमेरको हद लाग्ने छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजी क्षेत्रका विद्यालय आफैं बन्द हुन्छन्ः प्रधानमन्त्री

Read More →