Loading...
You are here:  Home  >  छापामा  >  Current Article

७० वर्ष पुगेकाको स्वास्थ्य बिमा रकम सरकारले तिरिदिने

९ चैत,   खबरमञ्च,   at 7:31 AM

By   /  March 23, 2019  /  Comments Off on ७० वर्ष पुगेकाको स्वास्थ्य बिमा रकम सरकारले तिरिदिने

    Print       Email

काठमाडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ ।

बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्‍याइएको छ। बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावली, २०७५’ सरकारले स्वीकृत गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

नियमावलीमा ६९ वर्षसम्म मात्रै परिवारले प्रिमियम तिर्ने र ७० वर्ष पुगेपछि स्वास्थ्य बिमाको सबै जिम्मा सरकारले लिने व्यवस्था छ । ७० वर्षमाथिकालाई छुट्टै इकाइ मानेर थप १ लाख रुपैयाँसम्मको सेवा दिने भएको छ ।

प्रिमियम रकम पनि प्रतिपरिवार ५ जनासम्मका लागि ३५ सय तोकिएको छ। तर, ७० वर्षमाथिका ज्येष्ठ नागरिक भए परिवारमा उनीहरूको संख्या गणना हुनेछैन । यो व्यवस्था १ साउनबाट लागू हुनेछ ।

यसअघि पाँचजनासम्मको परिवारले २५ सयका दरले प्रिमियम तिर्नुपर्ने व्यवस्था थियो । २५ सय तिरेर ५० हजारसम्मको स्वास्थ्य सेवा पाउने बिमितले अब ३५ सय तिरेर १ लाखसम्मको सेवा पाउन सक्छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एनसेल सिम बहिष्कार गर्न आह्वान, कर नतिरे आन्दोलन गर्ने चेतावनी

Read More →