Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

५० वटा लगानीका शो केसमा १७ वटामा निवेदन, बन्यो त लगानीको वातावरण?

१६ चैत,   खबरमञ्च,   at 8:18 PM

By   /  March 30, 2019  /  Comments Off on ५० वटा लगानीका शो केसमा १७ वटामा निवेदन, बन्यो त लगानीको वातावरण?

    Print       Email

काठमाडौँ । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेका ५० वटा ‘शो केस’ योजनामध्ये १७ वटामा मात्रै लगानीका लागि आवेदन परेको छ। राजधानीमा सम्पन्न लगानी सम्मेलनका क्रममा १७ वटा परियोजनामा लगानीको इच्छासहित विभिन्न देशका लगानीकर्ताले आवेदन दिएका हुन्।

भक्तपुरको कन्भेन्सन सेन्टर, लुम्बिनी अञ्चल अस्पतालको प्रसुती केन्द्र, वीरगञ्जको लजिस्टिक सेन्टर, पश्चिम सेती हाइड्रो पावर, तमोर हाइड्रो पावर लगायत १७ वटा परियोजनामा लागानी गर्न निवेदन दिएका छन्।

बाँकी परियोजनामा लगानी गर्नका लागि सरकारले आगामी अप्रिल २० सम्मको समय दिएको छ। लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनका क्रममा भएका सम्झौता ठूला परियोजनामा परेको निवेदन मात्रै नभइ लगानीका लागि अगाडि बढेकाले सकरात्मक रुपमा बुझ्नु पर्ने बताए।

सम्मेलन सकिएपनि सरकारले तोकेको समयमा अरु परियोजनामा पनि लगानी जुट्ने अधिकारीको विश्वास छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सर्वाेच्चले भन्याे: एनसेलबाट तत्काल कर असुल नगर्नु

Read More →