Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

४ वर्षभित्र देशमा सबै हुलाकी सडक निर्माण सम्पन्न हुन्छ: मन्त्री महासेेेठ

२० मंसिर,   खबरमञ्च,   at 3:00 PM

By   /  December 6, 2018  /  Comments Off on ४ वर्षभित्र देशमा सबै हुलाकी सडक निर्माण सम्पन्न हुन्छ: मन्त्री महासेेेठ

    Print       Email

काठमाडाैं । भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अबकाे ४ वर्षमा देशभरका सबै हुलाकी सडकहरुकाे निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय गाैरवका अायाेजना निर्माणकाे वर्तमान अवस्थाका बारेमा छलफल गर्न अायाेजित राष्ट्रिय सभाकाे राष्ट्रिय सराेकार तथा समन्वय समितिकाे बैठकमा बाेल्दै मन्त्री महासेठले कुनै पनि हालतमा ४ वर्ष भित्र हुलाकी सडक निर्माणकाे सम्पन्न गरिसक्ने बताएका हुन् ।

उनले भने, ” अायाेजना प्रमुखहरुकाे अस्थायी दरबन्दी भर्खरै स्वीकृत भएकाे छ, अब ४ वर्षभित्र कुनै पनि हालतमा याे लाेकमार्ग बन्नै पर्छ र बन्छ ।”

साथै उनले हुलाकी सडक निर्माण प्रकृयामा बजेटकाे कुनै अभाव हुन नदिने पनि बताए ।

देशका विभिन्न भागमा निर्माणाधिन हुलाकी राजमार्गकाे कुल लम्बाई १७९२.४२ किलाेमिटर छ । उक्त अायाेजना अार्थिक वर्ष २०६६/६७ मा निर्माण सुरु भएकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाको भनाइ

Read More →