Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

४८ घन्टाका लागि सीमा नाका बन्द

४ बैशाख,   खबरमञ्च,   at 8:19 AM

By   /  April 17, 2019  /  Comments Off on ४८ घन्टाका लागि सीमा नाका बन्द

    Print       Email

विर्तामोड । झापाको काँकडभिट्टा र भद्रपुर बोर्डर मंगलबार बेलुका ६ बजेदेखि ४८ घण्टाका लागि बन्द गरिएको छ। भारतका केही राज्यहरुमा विहीबार लोकसभा निर्वाचन हुन लागेकोले बोर्डर बन्द गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बैशाख ५ गते बेलुका ६ बजेसम्म बन्द गरिएको डिएसपी श्रेष्ठले बताए। ‘बोर्डर बन्द गरिएकोले काँकडभिट्टा र भद्रपुरको मेची पुलबाट कुनै पनि सवारी साधन र मानिस आवतजावत गर्न दिइने छैनु, उनले भने।

इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाका अनुसार ६ बजेदेखि नै मेची पुलमा ढाट लगाएर बन्द गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपतिविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा

Read More →