Loading...
You are here:  Home  >  समाज  >  Current Article

३ किलो ३ सय ग्राम सुन चिनियाँ नागरिकले मलद्वारबाट कसरी निकाले? तस्वीरसहित

२८ चैत,   खबरमञ्च,   at 9:44 PM

By   /  April 11, 2019  /  Comments Off on ३ किलो ३ सय ग्राम सुन चिनियाँ नागरिकले मलद्वारबाट कसरी निकाले? तस्वीरसहित

    Print       Email

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट तीन केजी तीन सय ग्राम सुनसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

चीनको कुनमिङबाट चाइना इस्टर्न एयरलाइन्स हुँदै काठमाडौं आएका उनीहरुलाई विमानस्थलमा जाँचका क्रममा सुन बरामद भएको प्रहरीले जनाएको छ।

दुईजना चिनियाँ नागरिक माओ यिङहुआ र ज्याङ जियाङ काठमाडौं एयरपोर्टबाट पक्राउ परेका हुन्।

भन्सारको एक्स-रे मेसिनमा उनीहरुको पेटमा केही धातु रहेको पत्ता लागेपछि अस्पताल लगेर एक्स- रे गराउँदा सुनको ढिक्का रहेको पत्ता लागेको काठमाडौं एयरपोर्टका भन्सार प्रमुख गजेन्द्र ठाकुरले बताए।

भन्सारमा ल्याएर बेस्कन पानी पिउन लगाइएको काठमाडौं विमानस्थलका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

उनले भने, ‘उनीहरुलाई पानी पिलाएको आधा घन्टामा मलद्वारबाट भटाभट सुनका ढिक्का निस्किए।’

यसअघि गत साता त्रिभुवन विमानस्थलबाटै करिब ६ केजी सुनसहित भारतीय नागरिक पक्राउ परेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जितेन्द्र आयोगको सिफारिसमा नागरिकता लिनेका सन्तानलाई नागरिकता नदिन सर्वोच्चको आदेश

Read More →