Loading...
You are here:  Home  >  समाज  >  Current Article

१७ औं अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

२४ कात्तिक,   खबरमञ्च,   at 7:40 PM

By   /  November 10, 2019  /  Comments Off on १७ औं अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

    Print       Email

काठमाडौं । डडेल्धुरामा १७ औं अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ।

जिल्ला अस्पताल डडेल्धुराले डा. केसीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने जनाएको छ ।

निजी घरबाट डडेल्धुरा जिल्ला अस्पतालमा भर्ना गरिएका डा. केसीको सातौं दिन पुग्दा स्थास्थ्य अवस्थता थप जटिल बनेको अस्पतालले जनाएको हो ।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै उनको स्थास्थ्य अवस्थालाई मध्यनजर गर्दै चाँडो भन्दा चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको जनाएको हो । डडेल्धुरा अस्पतालमा उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनक्ति र उपकरण अभावका कारण उनलाई सुरक्षित स्थानमा सार्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

डा. केसीको अवस्था जटिल बन्दै गएको र अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत अस्पतालबाट कुनैपनि किसिमको जटिलता व्यवस्थापन गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसी १७ औं अनसन डडेल्धुरामा पुगेर बसिरहेका छन् ।

यसैबीच, डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै डडेल्धुरमामा आइतबार मसाल जुलुस निकालिएको छ।

डडेल्धुरा सदरमुकाम बागबजारमा नागरिक समाजको अगुवाइमा मसाल जुलुस निकालिएको हो। केसीका समर्थकहरुले आइतबार डडेल्धुरामा सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा समेत रोक लगाएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सामाजिक (व्यवहार) सुधार ऐन २०३३ समय सापेक्ष बनाउन छलफल सुरु

Read More →