Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

१६ औं अनशनका लागि डा. केसी इलाममा

२४ पुस,   खबरमञ्च,   at 6:29 PM

By   /  January 8, 2019  /  Comments Off on १६ औं अनशनका लागि डा. केसी इलाममा

    Print       Email

इलाम । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसीले आफूसँग भएका सहमति पालनाका लागि सरकारलाई बुधबार (भोलि)सम्मको समयसीमा दिएका छन् ।

मंगलबार इलाम आएका डा. केसीले बुधबारसम्म माग पूरा नभए बुधबार बेलुकाबाट १६औं सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिएका छन् ।

पूर्वसहमतिविपरीत संसदीय उपसमितिले चिकित्सा शिक्षा विधेयक तयार गरेकाले समितिले त्यसलाई सुधार गर्नुपर्ने उनको माग छ ।

गत साता पनि अनशनका लागि इलाम आएका केसीले सात दिनको ‘अल्टिमेटम’ दिएर अनशन स्थगित गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ

Read More →