Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

१३औं सागकाे पहिलो खेलमै जित निकाल्नु नेपालको लागि शुभ संकेत: खेलकुदमन्त्री

१२ मंसिर,   खबरमञ्च,   at 2:28 PM

By   /  November 28, 2019  /  Comments Off on १३औं सागकाे पहिलो खेलमै जित निकाल्नु नेपालको लागि शुभ संकेत: खेलकुदमन्त्री

    Print       Email

काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मंसिर १५ गतेबाट शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।

बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने जानकारी दिए।

मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए। १३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ। सागका केही खेलहरु बुधवारबाटै शुरु भैसकेको पनि उनले जनाए। उनका अनुसार महिला र पुरुष भलिबलका खेलहरु शुरु भैसकेका छन्।

‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। यो हाम्रो लागि थप शुभसंकेत हो,’ उनले भने।

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्ने गरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास व्यक्त गरे।

उनले भने, ‘सागमा विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ।’

उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउने गरी सिंगार्ने काम पनि भैरहेको जानकारी दिए। उद्घाटन समारोहमा देशका ख्यातिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने उनले बताए।

सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए। सागको समापन यही मंसिर २४ गते हुनेछ। सोही दिन विदेशी पाुहनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाई छ।

सागलाई नेपाल भ्रमण वर्ष-२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको उनले बताए।

दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराईने तयारी रहेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए।

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहासिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए।

सागलाई व्यवस्थित् गर्नको लागि स्वयंसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रबन्ध गरिएको पनि उनले स्पष्ट पारे।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साग महिला भलिबलः नेपाल उपविजेतामा सीमित

Read More →