Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

होली पर्वमा झापामा दिइँदै आएको बिदालाई सच्याउन प्रदेश १ सरकारको माग

४ चैत,   खबरमञ्च,   at 7:06 PM

By   /  March 18, 2019  /  Comments Off on होली पर्वमा झापामा दिइँदै आएको बिदालाई सच्याउन प्रदेश १ सरकारको माग

    Print       Email

 

विराटनगर । प्रदेश १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्विकृति दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लोकसेवा आयोग गठनका लागि बाटो खोलेको हो ।

त्यस्तै, प्रदेश सरकारले आफ्नै वार्षिक क्यालेन्डर बनाउने निर्णय पनि गरेको छ । बैठकमा होली पर्वका अवसरमा झापा जिल्लामा दिइँदै आएको बिदालाई सच्याउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

संघीय सरकारले झापा जिल्लामा पहाडी जिल्लामा दिइने दिननै होली पर्वको बिदा दिँदै आएको छ । तराईको जिल्ला झापामा होलीको बिदा पहाडमा दिइने दिनमै दिँदा होलीको रौनक नभएको जनस्तरबाटै गुनासो हुँदै आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बारा-पर्सामा हावाहुरीः मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारकाे निर्णय

Read More →