Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङका लागि उड्यो

१० कात्तिक,   खबरमञ्च,   at 2:35 PM

By   /  October 27, 2019  /  Comments Off on हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङका लागि उड्यो

    Print       Email

काठमाडौं । नेपाली निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङका लागि उडान थालेको छ ।

आइतबार बिहान ९ बजे काठमाडौंबाट बेइजिङका लागि पहिलो जहाज उडेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार ६० यात्रु लिएर एयरबस ३२० जहाज बेइजिङ उडेको हो ।

नेपाली हवाई इतिहासमै पहिलो पटक नेपालमा दर्ता भएको कम्पनीबाट चीनको राजधानी बेइजिङका लागि सिधा उडान भएको हो । विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईमा ट्रान्जिट गरेर जापानसम्म उडान गर्ने गरेको थियो ।

शुरुका केही हप्ता साताको दुई उडान मात्र गरिने एयरलाइन्सले जनाएको छ । हरेक मंगलबार र शुक्रबार काठमाडौंबाट जहाज बेइजिङका लागि उड्ने छ । बिहान उड्ने जहाज राति १० बजे काठमाडौं आइपुग्नेछ ।

अहिले चीनबाट नेपालमा ५ वटा वायुसेवा कम्पनीले काठमाडौंमा उडान भर्ने गरेका छन् । नेपाल भ्रमण वर्षको शुरु हुनु अगावै थालिएको सेवाले भ्रमण वर्ष सफल बनाउन सहयोगि हुने विश्वास पनि एयरलाइन्सको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बन

Read More →