Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ गगन थापाले सुरु गरे सम्पदा संरक्षण अभियान

२ वैशाख,   रासस,   at 1:20 PM

By   /  April 15, 2019  /  Comments Off on ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ गगन थापाले सुरु गरे सम्पदा संरक्षण अभियान

    Print       Email

काठमाण्डाै – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा काठमाण्डाै क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान थाल्नु भएको छ ।

गएकाे वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाउनुभएका थापाले नयाँ वर्ष २०७६ भरिका लागि ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ सम्पदा संरक्षण अभियान सुरु गर्नुभएको हो ।

काठमाण्डाै क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् सुरु गरिएको अभियानअन्तर्गत पहिलो कार्यक्रम आइतबार ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शङ्कर कुइँकेलले जानकारी दिनुभयो । सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले  सम्पदाको संरक्षणका बारेमा छलफल गरी योजना बनाएका छन् । पहिलो कार्यक्रम भएको ठाउँ भैरवस्थान मन्दिरको आइतबार सरसफाइ गर्दै त्यसमा गर्नुपर्ने कामको विवरण पनि तयार पारिएको कुइँकेलले बताउनुभयो ।

अभियानको सुरुवात गर्दै सांसद थापाले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नु अहिलेको पुस्ताको दायित्व भएकाले अभियान थालिएको बताउनुभयो ।

उहाँले देशले गौरव गर्ने र विश्वमा नेपाललाई चिनाउने माध्यम भएकाले पनि सम्पदाको संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । नेता थापाले सम्पदाको संरक्षणमा पर्याप्त चासो नदेखिनु चिन्ताको विषय भएको बताउनुभयो ।

सांसद थापाले यस वर्षलाई सम्पदा संरक्षण वर्षका रुपमा मनाउन लागिएकाले यस अभियानअन्तर्गत हरेक महीना कम्तीमा एउटा सम्पदा क्षेत्रमा सरसफाइ, छलफल र योजना निर्माण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालजस्तो राष्ट्रको विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्णः राष्ट्रपति भण्डारी

Read More →