Loading...
You are here:  Home  >  समाज  >  Current Article

हात्ती रोक्न लगाइएको बिजुलीको तारमा परि झापामा दुईजनाको ज्यान गयो

१५ कार्तिक,   खबरमञ्च,   at 10:16 AM

By   /  November 2, 2019  /  Comments Off on हात्ती रोक्न लगाइएको बिजुलीको तारमा परि झापामा दुईजनाको ज्यान गयो

    Print       Email

 

झापा । हात्ती रोक्नका लागि लगाइएको बिजुलीको तारमा परि झापामा दुइ जनाको ज्यान गएको छ ।

बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा दुई जनाको ज्यान गएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए ।

ज्यान गुमाउने दुवैजना साइनोले मामा भान्जा रहेको स्थानीय पेरिस कुमार राईले बताए ।

१८ वर्षीय अभिनास राई र भोजपुरबाट पाउनका आएका उनका मामा अन्दाजी ३५ वर्षिय मनिराम राईको माछा मार्ने क्रममा हात्तिलाई लगाएको तारबाट करेन्ट सप्लाई भएर ज्यान गएको देखिएको घट्नास्थल पुगेका कैलाश राईलाई उदृत गर्दै एसपी मैनालीले बताए । .

घट्नास्थलमा प्रहरीको टोली पुगिसकेका हुनाले थप अनुसन्धान भइरहेको पनि मैनालीले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

Read More →