Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक हवाई भाडादर पनि घट्यो

२८ पुस,   खबरमञ्च,   at 8:03 PM

By   /  January 12, 2019  /  Comments Off on हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक हवाई भाडादर पनि घट्यो

    Print       Email

काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक हवाई भाडादर पनि घटेको छ ।

नेपाल वायुसेवा सन्चालक संघले आइतबारदेखि लागू हुनेगरी आन्तरिकतर्फको भाडा घटाएको हो ।

निगमले आइतबारदेखि लागू हुनेगरी आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएर प्रतिलिटर ९४ रुपैयाँ कायम गरेको थियो ।

आन्तरिकतर्फको उडानमा न्यूनतम् ७० देखि अधिकतम् ३४० रुपैयाँसम्म भाडा घटाएको संघले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश २ – सडक योजनाहरु अलपत्र, करिब एक अर्ब रकम फ्रिज हुने

Read More →