Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

हल्दीबारी गाँउपालिकाले सामुदायिक वन क्षेत्रभित्र ‘लोकतान्त्रिक शहीद स्मृति पार्क’ बनाउँदै

१५ पुस,   खबरमञ्च,   at 7:01 PM

By   /  December 30, 2018  /  Comments Off on हल्दीबारी गाँउपालिकाले सामुदायिक वन क्षेत्रभित्र ‘लोकतान्त्रिक शहीद स्मृति पार्क’ बनाउँदै

    Print       Email

विर्तामोड । झापाको हल्दीबारी गाँउपालिकाले भेलागुडी सामुदायिक वन क्षेत्रभित्र ‘लोकतान्त्रिक शहीद स्मृति पार्क’ बनाउने भएको छ । हल्दीबारी गाँउपालिकाको पहिचानको रुपमा रहेको चारकोशे झाडी र सामुदायिक बनहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ‘फेरि पनि घुम्न जाउँ, हल्दीबारी गाउँ’ भन्ने नारा तय भएकाले त्यसै अनुसार भेलागुडीमा लोकतान्त्रिक शहीद स्मृति पार्क बनाउन लागिएको गाँउपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले बताए ।

हर्चना र देउनिया खोलाको सङ्गम स्थालमा रहेको भेलागुडी जङ्गल ९१ दशमलव ५६ हेक्टरमा फैलिएको जनाउदै जंगल क्षेत्र नमासी यसभित्र पार्कको बिकास गरिने लक्ष्य रहेको अध्यक्ष लिङ्देनले बताए । जङ्गल क्षेत्रभित्र १९ दशमल ७ हेक्टरमा सिमसार क्षेत्र रहेकाले त्यसलाई नै पर्यटकीय रुपमा बिकास गर्नका लागि बिस्तृत परियोजना विवरण समेत तयार भइरहेको उनले जानकारी दिए ।

गाँउपालिका उपाध्यक्ष डम्बर गिरीका अनुसार हल्दिबारी २ स्थित भेलागुढी जङ्गल भित्र बनाइने पार्कलाई दोस्रो गाउँसभाको निर्णय अनुसार गाँउपालिकाको गौरवको आयोजनााको रुपमा स्वीकृत गरेको छ । यहाँ बिभिन्न आन्दोलनको क्रममा हल्दीबारी गाँउपालिकाभित्र ज्यान गुमाउनेहरुको सम्झनामा मुर्तिहरु समेत राखिने छ । तत्कालीन अवस्थामा सरकार र बिद्रोहीको तर्फबाट मारिएका तथा बेपत्ता भएकाहरुको पहिचान झल्काउने खालको स्मृति पार्क बन्ने पनि उनले बताए ।

१ नं. प्रदेश सरकारबाट यस जङ्गलमा लोकतान्त्रिक शहीद स्मृति पार्क निर्माणका लागि चालु आर्थिक वर्षका लागि सशर्त पुँजिगत अनुदानवापत रु १ करोड ३० लाख विनियोजन गरेको पाएको जानकारी दिँदै विस्तृत परियोजना विवरण तयारीका लागि गाँउपालिकाले समेत १० लाख बिनियोजन गरेको गिरीले बताए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान

Read More →