Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

हल्दिवारीको अर्को जनहितको कामः ‘जनता उपचार सहायता कोष’

१४ मंसिर,   खबरमञ्च,   at 7:51 PM

By   /  November 30, 2018  /  Comments Off on हल्दिवारीको अर्को जनहितको कामः ‘जनता उपचार सहायता कोष’

    Print       Email

हल्दिवारी । हल्दिवारी गाँउपालिकाले जनताले तिरेको करबाट जनतालाइ नै सेवा भन्ने मुल नाराका साथ बनाएको ‘जनता उपचार सहायता कोष’ प्रभावकारी बन्दै गएको छ। गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले पाउने भत्ताको केहि रकम समेत समावेश गरेर जनताको उपचारमा खर्चिन थालिएको छ।

गाँउपालिकाले चालु आर्थिक बर्षका लागि २५ लाख रुपैयाँ छुट्याएको र बर्षेनी बढाउँदै लैजाने कोषका संयोजक गाँउपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए।

अति बिपन्न नागरिकहरुलाई वडा कार्यालयको सिफारिस र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थामा जाँच गरिएको पुर्जासहित नागरिकता एवं अनिवार्य रुपमा स्वास्थ्य बिमा गरेको प्रमाण लिएर आउनेहरुले यो कोषबाट सुबिधा पाउनेछन्। रोगको प्रकृति र बिरामीको खर्चलाई हेरेर कोष सञ्चालन समितिको निर्णय बमोजिम सहयोग गरिने गिरीले बताए।

गाउँपालिका तथा वडास्तरीय योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दा लागत अनुमानको तीन प्रतिशत रकम कन्टिन्जेन्सी वापत् छुट्याउदै आइएकोमा उक्त तीन प्रतिशत कन्टिन्जेन्सी रकममध्ये एक प्रतिशत रकम विपद् व्यवस्थापन कोष र जनता उपचार कोषमा आधा/आधा रकम कट्टा गरी राख्ने निर्णय भएको जनाउँदै कोष बृद्धि हुँदै जाने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए।

गत आर्थिक बर्षमा उक्त कोषमा २० लाख रुपैयाँ जम्मा गरिएको थियो। त्यसमा करिब १२ लाख खर्च भएको थियो भने यस बर्ष २५ लाख रुपैयाँ छुट्याइएको उपाध्यक्ष गिरीले बताए। जस्मा अहिलेसम्म करिब ३ लाख रुपैयाँ खर्च भइसकेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निर्मलाको हत्यारा सार्वजनिक माग गर्दै मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग

Read More →