Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

‘हल्दिवारीका महिला विकासमा पहिला’बारे संघीय सरकारलाई अवगत

१५ पुस,   खबरमञ्च,   at 6:51 PM

By   /  December 30, 2018  /  Comments Off on ‘हल्दिवारीका महिला विकासमा पहिला’बारे संघीय सरकारलाई अवगत

    Print       Email

विर्तामोड । ‘हल्दिवारीका महिला विकासमा पहिला’ नारा बोकेर संघीय राजधानी काठमाडौं पुगेको झापाको हल्दिबारी गाउँपालिकाको टोलीले संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई कार्यक्रमको लक्ष्यबारे अवगत गराएको छ।

हल्दिवारी गाँउपालिकाको प्रतिनिधि मण्डलले संघीय सरकारकी मन्त्री थममाया थापालाई भेटेर आफूहरुले नेपालमा नै पहिलो पटक गाँउपालिकाको सबै विकास निर्माणको जिम्मेवारी महिलालाई दिएको जानकारी गराएको हो ।

हल्दिवारीका महिला बिकासमा पहिला कार्यक्रमको बिषयमा मन्त्री थापालाई जानकारी दिइएको गाँउपालिका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।  उनले मन्त्री समक्ष कार्यक्रमलाई सफल बनाउन संघीय मन्त्रालयको सहयोग मागेको जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे सहितको टोली मन्त्रलाय पुगेको थियो । हल्दिवारी गाँउपालिकाले यस बिषयमा कार्यबिधि बनाएर नै जिम्मेवारी प्रदान गरेको छ । अहिले महिलाहरु विकास निर्माणदेखि लिएर आफ्नो गाँउ आफैं बनाउ भन्ने अभियानमा जुटेका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हल्दीबारी गाँउपालिकाले सामुदायिक वन क्षेत्रभित्र ‘लोकतान्त्रिक शहीद स्मृति पार्क’ बनाउँदै

Read More →