Loading...
You are here:  Home  >  छापामा  >  Current Article

हरिवंश भन्छन् : बूढो हुन मन छैन, लौन के गरौं ?

२ साउन,   खबरमञ्च,   at 7:20 AM

By   /  July 18, 2019  /  Comments Off on हरिवंश भन्छन् : बूढो हुन मन छैन, लौन के गरौं ?

    Print       Email

काठमाडौं । ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य केवल हास्यव्यंग्य र अभिनयमा सीमित छैनन्, उनी बेलाबेला रमाइला, जीवन भोगाइ र सामाजिक गीत पनि ल्याइरहन्छन्।

यसै क्रममा हरिवंशले पछिल्लोपटक वृद्धवृद्धाको अनुभव र मानसिकतालाई समेटेर बूढो हुन मन छैन बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

मह सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा स्वर हरिवंश आचार्यको छ भने संगीत संयोजन जीवित जलामीको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।

गीतको म्युजिक भिडियोमा हरिवंशका साथ नरेन्द्र कंसाकारको अभिनय छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रोहिंग्यालाई हट्न हप्ता दिनको अल्टिमेटम, उनीहरू भन्छन्,‘कहाँ जाने?’

Read More →