Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

स्वास्थ्य बिमाका विषयमा सार्वजनिक महत्वको प्रस्ताव संसदमा

2019/02/26,    at 1:05 PM

By   /  February 26, 2019  /  Comments Off on स्वास्थ्य बिमाका विषयमा सार्वजनिक महत्वको प्रस्ताव संसदमा

    Print       Email

 स्वास्थ्य बिमाका विषयमा संसदमा सार्वजनिक महत्वको जरुरी  प्रस्तावका रुपमा पेश भएको छ। सोमबार पूर्व स्वास्थ्यमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले उक्त प्रस्ताव पेश गरेका हुन्।

उनले स्वास्थ्य बिमा ऐन अन्तर्गतका कार्यक्रमलाई देशव्यापी रुपमा लागू गर्नुपर्ने बताएका छन्। गुणस्तरीय औषधि उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको इमर्जेन्सी, आइसियू लगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानुन, नियम र निर्देशिका बनाई लागू गर्न आवश्यक भएको बताउँदै उनले प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावमा अञ्जना विसंखे र मनकुमारी जिसीले समर्थन गरेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं : प्रधानमन्त्री ओली

Read More →